६ आश्विन २०८३, मंगलबार | September 23, 2026

कक्षा ११ को परीक्षा अर्को निर्णय नहुँदासम्म नलिन बोर्डको निर्देशन



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नलिन निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण सरकारले परीक्षा सञ्चालन सम्बन्धी निर्णय नगरेको भन्दै यस्तो निर्देशन दिएको हो ।

‘कोभिड-१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरको पाएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नु /नगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ बोर्डद्वारा जारी सूचनामा भनिएको छ ।

कक्षा १९ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि अनुसार कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था छ ।

कोभिड-११ का कारण स्थगित कक्षा ११ को नियमित तर्फको परीक्षा आगामी माघभन्दा अगाडि लिइसक्नु पर्ने व्यवस्था छ । आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीले भने २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपूर्व परीक्षा दिइसक्नु कार्यविधिमा उल्लेख छ ।

विद्यालयहरूले नियमिततर्फ कम्तिमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई मात्रै परीक्षामा सहभागी गराइने भएको छ । कक्षा १२ को वार्षिक परीक्षा दिन कक्षा ११ का हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनत्तम ‘डि प्लस’ र प्रयोगात्मकतर्फ ‘सी’ ल्याउनु पर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  २ : ०३ बजे

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला

बुधवारबाटै नेपालमा वर्षाको क्रम बढ्दैजाने

काठमाडौं । भोलि (बुधबार,७-असोज) बाटै नेपालमा वर्षा हुने क्रम बढ्दै