६ आश्विन २०८३, मंगलबार | September 23, 2026

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा पुनः स्थगित, अब दशैं अगाडि परीक्षा हुन नसक्ने



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भदौ पहिलो साताबाट लिने भनेको सबै परीक्षा स्थगित गरेको छ ।

कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएपछि परीक्षा तत्काल संचालन गर्ने निर्णयबाट त्रिवि पछि हटेको हो ।

राजधानी काठमाडौं लगायत मुख्य सहरी क्षेत्रमा सङ्क्रमणको जोखिम उच्च बन्दै गएपछि विश्वविद्यालय तत्काल परीक्षा सुचारु गर्ने निर्णयबाट पछि हटेको हो ।

स्थगित परीक्षाको निर्णय लिने विषयमा आफूहरू पर्ख र हेरको अवस्थामा रहेको त्रिविका परीक्षा नियन्त्रणक पुष्पराज जोशीले बताए । स्थगित परीक्षा अब दसैँअघि हुने सम्भावना न्यून हुँदै गएको छ ।

सङ्क्रमण बढेको अवस्थामा परीक्षाबारे निर्णय लिन नसकिने र यो अवस्थामा परीक्षा सञ्चालन गरिने कार्यतालिका धकेलिने परीक्षा नियन्त्रक जोशीको भनाइ छ ।

गत चैत्र ७ गतेबाट सुरु हुनुपर्ने त्रिविको स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षा नियमित परीक्षा कोरोना संक्रमणकै कारण स्थगित भएको थियो ।

विश्वविद्यालयले कोरोना भाइरस पछिको अवस्थामा परीक्षा सञ्चालनबारे निर्णय गर्न डिन कार्यालयहरूलाई अधिकार दिएको छ । तर, डिनहरूले पनि तत्काल परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको जानकारी गराएका छन् ।

त्रिविले आन्तरिक रुपमा परीक्षाको सबै तयारी गरेपनि परीक्षार्थीहरुसँग समेत सम्पर्क हुन नसकेको र नियमित यातायात चल्ने परिस्थिति पनि नदेखिएका कारण परीक्षा प्रभावित हुने आंकलन गरेको छ ।

यातायात संचालन नहुँदा परीक्षार्थीहरु परीक्षाकेन्द्रसम्म पुग्ने सम्भावनै नरहने देखिन्छ । धेरै परीक्षार्थीहरु एकै स्थानमा जम्मा हुँदा सामाजिक दूरी कायम गर्नसमेत सम्भावना नहुने देखिएपछि त्रिवि परीक्षा स्थगित गर्ने सोचाइमा पुगेको हो ।

परीक्षाका विषयमा त्रिविले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसग छलफल गर्ने भएको छ । मन्त्रालयले दिने सुझावका आधारमा सम्भावित परिस्थितिको आंकलन गरी निर्णय लिइने त्रिविले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयले लामो समय यही अवस्था रहिरहेमा परीक्षा संचालनको विकल्पबारे सोच्ने पनि जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ८ : ३० बजे

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला

बुधवारबाटै नेपालमा वर्षाको क्रम बढ्दैजाने

काठमाडौं । भोलि (बुधबार,७-असोज) बाटै नेपालमा वर्षा हुने क्रम बढ्दै