३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

कोरोना संक्रमणबाट वीरगञ्जमा थप एकको मृत्यु



वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति १२स्४५ मा उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

संक्रमित पुरुषको मंगलबार बिहान पौने एक बजे उपचारको क्रममा नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा मृत्यु भएको चौरसियाले बताए ।

ती पुरुषको गत साउन ३० गते स्वाब संकलन गरी परीक्षण गरिएकोमा ३१ गते उनमा कोरोना पुष्टि भएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि सोही दिनदेखि उनी उपचारको लागि अस्पतालमा भर्ना भएका थिए ।

उनी मधुमेह, मिर्गौलाका समेत रोगी थिए । यो सँगै पर्सामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ८ : ०७ बजे

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय