४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना संक्रमणबाट वीरगञ्जमा थप एकको मृत्यु



वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति १२स्४५ मा उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

संक्रमित पुरुषको मंगलबार बिहान पौने एक बजे उपचारको क्रममा नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा मृत्यु भएको चौरसियाले बताए ।

ती पुरुषको गत साउन ३० गते स्वाब संकलन गरी परीक्षण गरिएकोमा ३१ गते उनमा कोरोना पुष्टि भएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि सोही दिनदेखि उनी उपचारको लागि अस्पतालमा भर्ना भएका थिए ।

उनी मधुमेह, मिर्गौलाका समेत रोगी थिए । यो सँगै पर्सामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ८ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको