१७ माघ २०८२, शनिबार | January 31, 2026

कोहलपुर नगरपालिका शुक्रबार सम्मका लागि सिल



नेपालगन्ज । कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि बाँकेको कोहलपुर नगरपालिका कार्यालय ४ दिनकालागि सिल गरीएको छ ।

नगरपालिका कार्यालयमा रहेको हेल्प डेस्कका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि आज (मंगलबार) देखी आगामी शुक्रबार सम्मकालागि नगरपालिकाको कार्यालय सिल गरीएको नगरपालिकाले सुचना मार्फत जानकारी दिएको छ ।

भेरी अस्पताल प्रयोगशालामा भएको पीसीआर परीक्षणका क्रममा कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सोमबार साँझ नगरपालिकाको आकस्मिक बैठक बसेको थियो । बैठकले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै शुक्रबार सम्म कार्यालय सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिए ।

कोहलपुरमा सोमबार मात्र नगरपालिकाका कर्मचारी सहित १७ जनालाई संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ८ : ३५ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक