२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्यो, पाँच जना घाइते



चितवन । बिरामी बोकेको एम्बुलेन्स त्रिशूली नदी किनारमा खस्दा पाँच जना घाइते भएका छन् ।

काठमाण्डौबाट बिरामी लिएर सर्लाही तर्फ आइरहेको ना.५ च. १०३३ नम्बरको एम्बुलेन्स पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ३ पानीधारामा मंगलबार बिहान ५:१५ बजे आफै अनियन्त्रित भई सडकबाट त्रिशूली नदी किनारमा खस्दा चालक सहित पाँच जना घाइते भएका हुन् ।

दुर्घटनामा एम्बुलेन्स चालक झापाको गौरीगन्ज गाउँपालिका १ का सरोज दाहाल,सर्लाही बरहथवा नगरपालिका २ का क्यान्सर बिरामी दिल मांया राना मगर सहित सोही स्थानका बाधे राना मगर, मेक कुमारी राना मग र नर बहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइते मध्ये बाधे राना मगरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (प्रहरी उपरिक्षक) नान्तिराज गुरुङले जानकारी दिनुभयो । उनिहरुको उद्धार गरि उपचारका लागि भरतपुर पठाइएको प्रहरी प्रमुख गुरुङको भनाई छ ।

उहाँका अनुसार अस्थाई अस्थाई प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी सबै घाइतेलाई उपचारका लागि भरतपुर पठाएको हो । अहिले एम्बुलेन्स भने घटना स्थलमै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ८ : ३९ बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा