३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बारा र पर्सामा थपिए २० नयाँ संक्रमित



वीरगन्ज । पर्सा र बारा जिल्लामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १८ जना पर्सा र २ जना बाराका रहेका छन् ।

४ सय १० वटा स्वाब नमुना परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमित मध्ये बारा र पर्साका एक एक जना पुरुषमा जीन एक्पर्ट विधिबाट परीक्षण गरिएको थियो ।

यससँगै पर्सा जिल्लामा मात्रै कोरोना संक्रमितको संख्या ३ हजार नाघेको छ । हालसम्म पर्सामा ७ सय ५ जना कोरोनासंक्रमित निको भएर घर फर्किएका छन् । ३८ जनाको मृत्यु भैसकेको छ ।

वीरगन्जस्थित अस्थायी कोभिड अस्पतालहरुमा १ सय ६ जना संक्रमितको उपचार जारी छ । जसमध्ये २७ जना आइसियूमा छन् । १ हजार १ जना होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ९ : १८ बजे

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय