४ पुस २०८२, शुक्रबार | December 19, 2025

ईलाका प्रहरी कार्यालय बुटवलका ११ प्रहरीलाई कोरोना संक्रमण



बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलका ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो साता १३ जना थुनुवामा संक्रमण पुष्टि भएपछि उनीको कन्ट्याक्ट ट्रसिङका आधारमा पीसीआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि १० ईलाका प्रहरीबाट मुख्यमन्त्रीको स्कर्टीङमा हिंड्ने ४ प्रहरीमा पनि संक्रमण पुष्टि भएको थियो । गएराति अबेर आएको रिपोर्ट अनुसार ११ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेमकुमार थापाले बताए ।

स्वाब संकलन गरेर पठाइएकामध्ये १९ जनाको रिपोर्ट आएको र त्यसमध्ये ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको र अन्य ५ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलमा प्रहरीलाई धमाधम संक्रमण पुष्टि भएसँगै ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले मोबाईल उठाउन छाडेका छन् ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  १० : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको