१४ असार २०८३, आइतबार | June 28, 2026

अन्तर-साँस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने पर्व ईन्द्रजात्रा : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौमा मनाईने ईन्द्र जात्रा पर्वलाई अन्तर-साँस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने पर्व भनेका छन् । काठमाडौं उपत्यकामा प्राचीन कालदेखि मनाइँदै आएको इन्द्रजात्रा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सन्देशमा ईन्द्र जात्रा जस्ता पर्व नेपालका साँस्कृतिक पूँजी भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीको सन्देशमा नेपाल सानो भूगोल भए पनि यहाँ बहुजातीय, बहुसाँस्कृतिक, बहुभाषिक र बहुधार्मिक अनुपम विशेषतायुक्त चाडपर्वहरु रहेको उल्लेख गरिएको छ । नेपालमा मनाईने त्यस्ता सबै पर्वहरु नेपालीलाई एक आपसमा जोड्ने साँस्कृतिक पूँजी भएको उनले बताएका छन् ।
‘विभिन्न जाति, समुदाय र भूगोलमा बसोवास गर्ने नेपालीहरुले मनाउने यस्ता चाड पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधेका छन् । सरकारले यस्ता साँसकृतिक पर्वहरुको संरक्षण र सम्वद्र्धन गर्ने नीति लिएको छ ।’ उनले सन्देशमा भनेका छन् ।’ नेपालीहरु बीचको यस्तो एकतालाई कमजोर पार्न विभिन्न समयमा भएका दुष्प्रयासलाई हामीले यही साँस्कृतिक आलोकमा परास्त गर्दै आएका छौं ।’

ओलीले पर्वहरु मार्फत नेपालीहरुले जातीय, धार्मिक र साँस्कृतिक विविधताका बीच एकतावद्ध रहेको सन्देश प्रवाह गरेको बताएका छन् ।

‘यतिबेला हामी मुलुकको आर्थिक विकास र समृद्धिको अभियानमा रहेकै समयमा विश्वब्यापी महामारी कोभिड– १९ सामना गरिरहेका छौं । यसले हाम्रो स्वास्थ्य र आर्थिक तथा सामाजिक जीवनमा अकल्पनीय दुष्प्रभाव पारेको छ । समृद्ध नेपाल–सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षामा यसले केही अवरोध गरेको छ ।’ उनले भनेका छन् । ‘यस महामारीका दुष्प्रभावहरुलाई छिचोलेर सवल राष्ट्रिय अर्थतन्त्र, सुखी जनजीवन र समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्न हामी अग्रसर छौं ।’

उनले सन्देशमा महामारीबाट सुरक्षित हुँदै राष्ट्रको यस आकाङ्क्षालाई पूरा गर्ने सरकारको अग्रसरतामा साथ दिन आह्वान पनि गरेका छन् ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ११ : ५१ बजे

कोलम्बिया र पोर्चुगल गोलरहित बराबरीमा, दुवै टोली नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को अन्तिम

बेलिङघम र केन चम्किँदा इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश

काठमाडौं । जुड बेलिङघम र कप्तान ह्यारी केनको गोलमा इंग्ल्यान्डले

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा

काठमाडौं । निकोला भ्लासिचको खेलको उत्तरार्धमा गरेको निर्णायक गोलको मद्दतले

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित