१३ भदौ २०८३, शनिबार | August 29, 2026

कोलम्बिया र पोर्चुगल गोलरहित बराबरीमा, दुवै टोली नकआउट चरणमा



काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को अन्तिम खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेल्दै नकआउट चरण (अन्तिम ३२) मा स्थान सुरक्षित गरेका छन् ।

मियामीस्थित हार्ड रक स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले उत्कृष्ट अवसर सिर्जना गरे पनि कुनै पनि टोलीले गोल गर्न सकेन । अधिकांश समय खेलमा कोलम्बियाले दबाब बनाए पनि पोर्चुगलको रक्षापङ्क्ति र गोलकिपरले उत्कृष्ट प्रदर्शन गरे । यता, पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि गोल गर्न असफल रहे ।

खेलको अन्तिम समयमा कोलम्बियाले गोल गर्ने सुनौलो अवसर गुमाएको थियो भने दुवै टोलीका गोलकिपरले महत्त्वपूर्ण बचाउ गर्दै खेललाई गोलरहित बराबरीमा टुंग्याए ।

यो बराबरीसँगै तीन खेलबाट ७ अंक जोडेको कोलम्बिया समूह ‘के’ को विजेता बन्दै नकआउट चरणमा पुगेको छ । ५ अंक जोडेको पोर्चुगल समूह उपविजेताका रूपमा अघिल्लो चरणमा प्रवेश गरेको छ ।

अब नकआउट चरणमा समूह विजेता कोलम्बियाले घानाको सामना गर्नेछ भने पोर्चुगलले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ८ : ०७ बजे

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ

त्रिशूली ‘थ्रि-ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको