२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

१४ दिनका नाबालकसहित गण्डकी प्रदेशमा थपिए ३९ नयाँ संक्रमित



पोखरा । गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो तथ्यांक अनुसार संक्रमित हुनेमा १४ दिनका नाबालकसमेत रहेका छन् ।

मंगलबार बिहान क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा प्रदेशमा ३९ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

संक्रमितहरुमा १४दिने नाबालाकसहित २६ जना लमजुङका रहेका छन् । यस्तै, नवलपरासी सुस्तापूर्वका १० जना, कास्कीका दुई जना र बागलुङका एक जनामा पनि संक्रमण पुष्टि भएको डा. शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लमजुङको जिल्ला सामुदायिक अस्पतालमा उपचाररत १४ दिनका नाबालक सहित ५ जना र अस्पतालमै कार्यरत एक कर्मचारी संक्रमित भएका छन् ।

यस्तै, ग्लोबल ग्लोबल आईएमई बैंकमा कार्यरत पाँच जना, नेपाल प्रहरीमा कार्यरत चार जना र बेसीसहर–७ का एक जना २८ वर्षीया एक महिला पत्रकार रहेको निर्देशक डा। शर्माले जनाकारी गराएका छन् । कास्कीका एक जना संक्रमित पर्यटन व्यवसायी हुन् । उनी चरक अस्पतालमा उपचार गराइरहेका छन् ।

अन्य सबै संक्रमितहरु कन्टयाक्ट ट्रेसिङबाट पुष्टि भएका हुन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २०५ पुगेको छ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  १२ : ०६ बजे

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ

जिल्ला प्रशासन कार्यालय जाजरकोटको सेवा अब प्रिफ्याब भवनबाट

जाजरकोट । टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले

उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु