३ मंसिर २०८२, बुधबार | November 19, 2025

अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ६० लाख कट्यो



एजेन्सी । अमेरिकामा कोराना भाइरस सङ्क्रमितको संख्या ६० लाख भन्दा बढी पुगेको छ । जोन हकिन्स विश्व विद्यालयका अनुसार कोराना भाइरस सङ्क्रमितको संख्या ६० लाख भन्दा बढी पुगेको हो ।

विश्वविद्यालयको तथ्याङ्का आधारमा त्यो विश्वभर कोभिड–१९ सङ्क्रमण पुष्टि भएका कूल सङ्क्रमितको झण्डै एक चौथाइ सङ्ख्या हो । तथ्याङ्कले अमेरिकामा पछिल्लो एक महिनाको समयमा सङ्क्रमित भएका विरामीको सङ्ख्या दश लाखभन्दा बढी देखाएको छ ।

चीनको वुहानमा कोभिड–१९ सङ्क्रमण फैलिएको गत वर्षको अन्त्यतिर सार्वजनिक भएको भएपनि अमेरिकामा पहिलो सङ्क्रमित विरामी जनवरी २१ मा भेटिएको थियो । अमेरिकामा मङ्गलबारसम्म एक लाख ८३ हजारभन्दा बढीको भाइरससँग जोडिएका घटनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

अमेरिकापछि बढी सङ्क्रमण ब्राजिलमा ३९ लाख भन्दा बढीमा सङ्क्रमण देखिएको छ भने तेस्रो धेरै सङ्क्रमित सङ्ख्या भारतमा झण्डै ३७ लाख सङ्क्रमित भएका छन् ।

सङ्क्रमण तथा मृत्युका दृष्टिकोणले अमेरिका, ब्राजिल र भारतपछि यूरोपेली मुलुकहरू रहेका छन् । तर युरोपमा सङ्क्रमण दरमा केही कमी आएको भन्दै यो साता बालबालिकाहरूलाई पठनपाठनका लागि विद्यालयमा बोलाउने तयारी भइरहेको छ ।

ती मुलुकहरूले विद्यालय सञ्चालनका लागि तयारी गरिरहँदा बेलायत, फ्रान्स र स्पेनमा आइतवारको तुलनामा सङ्क्रमण दर घटेको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ८ : ५४ बजे

सिमरा घटना जेनजीको भावना होइन, दुरुपयोग हो : कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । बाराको सिमरामा एमाले महासचिव शंकर पोखरेल र नेता

गलेश्वर शिवालयमा भक्तजनको घुइँचो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वर शिवालय मन्दिरमा

ताप्लेजुङ तेम्बा बजारको आगलागीबाट एक करोड १८ लाखबढीको क्षति

फुङ्लिङ । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड

५ वटा ज्यानमार्ने उद्योगसहित ६ मुद्दामा फरार सरोजविक्रम विष्ट (समिर)पक्राउ

नेपालगन्ज । बाँकेमा ५ वटा ज्यान मार्ने उद्योग र एक

समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्ट नियुक्त

काठमाडौ । सरकारले समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्टलाई