३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

चितवनमा ४१ जना कोरोना संक्रमित थपिए



चितवन । चितवनका थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला र धुलिखेल परीक्षण प्रयोगशालाबाट मंगलबार राति प्राप्त रिपोर्टमा चितवनका ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २८ जना र धुलिखेलमा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरू २१ देखि ८० वर्ष सम्मका छन् । भरतपुरमा गरिएको परीक्षणमा अन्य विभिन्न जिल्लाका ७ समेतगरी ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

चितवनमा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरमा १६ पुरुष र १० महिला गरि २६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरूको क्वारेन्टिन, भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।

यससंगै चितवनमा कुल संक्रमितको संख्या ७९६ पुगेको छ । उनीहरूमध्ये भरतपुर महानगरपालिकाका मात्रै ४ सय ९८ जना पुगेका छन् । १ सय ५४ जनालाई निको भएको छ ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ७ : २५ बजे

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय

रुपन्देहीमा ग्यास आयात नियमित भएपनी बजारमा किन भयो अभाव ?

सिद्धार्थनगर । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै