१७ माघ २०८२, शनिबार | January 31, 2026

कोरोनाविरुद्ध प्लाज्मा थेरापीले जगाउँदै आशा



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ ।

प्लाज्मा थेरापी बिरामीको अनुमतिमा परीक्षणकै क्रममा रहे पनि त्यसले सकारात्मक परिणाम दिइरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले बताए । प्लाज्मा थेरापीले हानि गर्दैन, त्यसैले रगत दिन र लिन डराउनुपर्दैन भनेर उनले सुझाव दिए ।

उनका अनुसार चिकित्सक, स्वास्थ्यकर्मी र अन्य बिरामीले अनुमति दिएको खण्डमा प्लाज्मा थेरापीको प्रयोग त्यस्ता कोरोना भाइरसका सङ्क्रमितमा भइरहेको छ । हालसम्म यस थेरापीबाट ४५ जना निको भइसकेका छन् । अमेरिका लगायत विकसित देशमा पनि प्लाज्मा थेरापी कोरोना भाइरसविरुद्ध विकल्पको औषधिका रूपमा प्रयोग भइरहेको छ ।

प्लाज्मा थेरापी कोरोना भाइरस सङ्क्रमण भएर निको भएका व्यक्तिको रगत अन्य बिरामीलाई दिएर गरिने उपचारविधि रहेको ज्ञवालीले स्पष्ट गरे । उनले सङ्क्रमण मुक्त भएको दुई हप्तापछि ती व्यक्तिको रगतको प्लाज्मा अन्य सङ्क्रमितलाई दिन योग्य हुन्छ, १८ वर्ष उमेर माथिका व्यक्तिले रगतको प्लाज्मा दिएर सघाउन सक्छन् भने । सामान्य रूपमा ब्लड बैङ्कको माध्यमबाट रगत दिएर त्यसबाट प्लाज्मा छुट्याइन्छ । त्यसपछि अन्य सङ्क्रमितमा त्यो प्लाज्मा प्रयोग गरिन्छ ।

ब्लड बैङ्कमा प्लाज्मा भण्डारण गर्न र रक्तदाता खोज्न भने यतिबेला समस्या भइरहेको छ । भर्खर सङ्क्रमणमुक्त भएका बेला हत्तपत्त कसैले रगत दिन मान्दैनन् । त्यसका लागि स्वास्थ्यकर्मीले दातालाई थप परामर्श दिन आवश्यक ठानिएको उनले औँल्याए । सङ्क्रमित भएर निको हुने व्यक्तिले रगत दान गर्दा ‘साइड इफेक्ट’ नहुने भएकाले रगत दान गरेर अरूको ज्यान बचाउन उनले अनुरोध गरे ।

रगत लिनेलाई पनि कुनै हानि हुँदैन । जुन समूहको रगत हो त्यही रक्त समूहका बिरामीलाई प्लाज्मा झिकेर दिइन्छ । रक्त समूह भने फरक पर्नुहुँदैन ।

विश्वका विकसित देशले भने यसरी रगतको प्लाज्मा निकाल्नेभन्दा पनि नयाँ प्रविधि सहितको मेसिनबाट सीधै दाताको रगतबाट प्लाज्मा मात्र निकालेर अन्य बिरामीलाई दिने गरिन्छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ७ : ३९ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक