७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

संक्रमणमुक्त व्यक्तिहरुबाट प्लाज्मा दान अभियान



काठमाडौं । कोभिड-१९ संक्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान शुरु गरेका छन् ।

कोभिड १९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चार जना सम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमण निको भएका व्यक्तिहरुले बुधबार देखि प्लाज्मा दान अभियान शुरु गरेका हुन् ।

काठमाडौंको त्रि.वि शिक्षण अस्पतालमा पुगेर कोभिड-१९ संक्रमण निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियानको शुरुवात गरेका हुन् । उनीहरुले ‘मैले जिते कोरोना म गर्छु (प्लाज्मा) रक्तदान’ भन्ने नारा सहित प्लाज्मा दानको अभियानलाई अगाडि बढाएका छन् ।

कार्यक्रममा त्रि.वि.शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले कोभिड-१९ संक्रमणबाट मृत्युसँग लडिरहेका विरामीको जीवन बचाउन प्लाज्मा थेरापीले मद्दत गर्ने भएकाले प्लाज्मा दान अभियान शुरु गरिएको बताए । प्लाज्मा संकलनका लागि अस्पतालमा प्लाज्मा बैंकको स्थापना गरिएको पनि उनले बताए ।

कार्यक्रममा कोभिड-१९ संक्रमणबाट निको भएका व्यक्तिहरुले संक्रमितहरुको अत्मबल बलियो भए सजिलै भाइरसलाई जित्न सकिने बताए ।

उनीहरुले संक्रमणबाट गम्भिर अवस्थामा पुगेका विरामीको उपचारका लागि प्लाज्मा थेरापी महत्वपूर्ण हुने भएकाले आफुहरुले प्लाज्मा दान अभियानको शुरुवात गरेको बताए । ‘मिल्नेले दान गरौं नमिल्नेले उत्प्रेरित गरौं सबै लागौं सँगसँगै लागौं’ भन्दै अभियान सुरु गरिएको उनीहरुले बताए ।

पछिल्लो समय प्लाज्मा थेरापीबाट कोभिड-१९ संक्रमितको उपचार देशका धेरै अस्पतालले गरिरहेका छन् । सरकारले पनि परीक्षणको रुपमा विरामीको स्वीकृति लिएर उपचार गर्न सक्ने व्यवस्था गरेको छ ।

त्यसैले संक्रमण निको भएका व्यक्तिहरु पनि प्लाज्मा दिएर संक्रमणसँग लडिरहेका विरामीहरुको जीवन रक्षा गर्ने अभियानमा जुटेका हुन् । यो अभियानलाई देशैभर सञ्चालन गर्नेपनि उनीहरुले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : ०० बजे

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।