६ श्रावण २०८३, बुधबार | July 22, 2026

सेती प्रादेशिक अस्पतालमा पनि प्लाज्मा थेरापीबाट उपचार सुरु हुँदै



धनगढी । सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित व्यक्तिको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट उपचार गरिने भएको छ ।

गम्भिर खालका कोरोना सङ्क्रमित बिरामी देखिए प्लाज्मा थेरापी विधिबाट उपचार गरिने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

प्लाज्मा थेरापी गर्न कोरोना सङ्क्रमित व्यक्ति ठिक भई पिसीआर रिपोर्ट नेगेटिभ आइसकेपछि उसको शरिरमा एन्टीबडी बनेको हुन्छ र उसको प्लाज्मा सङ्क्रमित व्यक्तिमा ट्रान्समिट ग¥यो भने त्यसले कोरोना भाइरसलाई न्यूटिलाइज गर्ने भन्ने सिद्धान्तका आधारमा यो विधि थालिने सूचना अधिकारी श्रेष्ठले बताए ।

“गम्भिर खालका सङ्क्रमित बिरामीलाई आइसियूमा राखेर डाक्टरको प्रत्यक्ष निगरानीमा प्लाज्मा चढाइन्छ”, श्रेष्ठले भने, “साधारण कोरोना पोजेटिभ बिरामीलाई भने प्लाज्मा चढाइदैन ।” उनले प्लाज्मा थेरापी विधिबाट उपचार गर्न सेती प्रादेशिक अस्पताल तयार रहेको बताए ।

उनले भने, “त्यसका लागि कोभिड– १९ मुक्त भइसकेका व्यक्तिले रगत दान गर्नुपर्ने हुन्छ र सो रगतबाट नै प्लाज्मा तयार पारी सङ्क्रमितको उपचार गरिने भएको हुँदा सङ्क्रमण मुक्त भएकालाई रक्तदानका लागि आज सूचनामार्पmत आग्रह गरेका छौ ।”

यसका लागि कोरोना सङ्क्रमित लक्षणबाट मुक्त भएको दुई हप्ता पुगेको र पीसीआर पद्वतिबाट नेगेटिभ भइसकेको हुनुपर्ने मापदण्ड रहेको बताइएको छ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ५ : १९ बजे

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर