१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

कोरोनाविरुद्ध प्लाज्मा थेरापीले जगाउँदै आशा



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ ।

प्लाज्मा थेरापी बिरामीको अनुमतिमा परीक्षणकै क्रममा रहे पनि त्यसले सकारात्मक परिणाम दिइरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले बताए । प्लाज्मा थेरापीले हानि गर्दैन, त्यसैले रगत दिन र लिन डराउनुपर्दैन भनेर उनले सुझाव दिए ।

उनका अनुसार चिकित्सक, स्वास्थ्यकर्मी र अन्य बिरामीले अनुमति दिएको खण्डमा प्लाज्मा थेरापीको प्रयोग त्यस्ता कोरोना भाइरसका सङ्क्रमितमा भइरहेको छ । हालसम्म यस थेरापीबाट ४५ जना निको भइसकेका छन् । अमेरिका लगायत विकसित देशमा पनि प्लाज्मा थेरापी कोरोना भाइरसविरुद्ध विकल्पको औषधिका रूपमा प्रयोग भइरहेको छ ।

प्लाज्मा थेरापी कोरोना भाइरस सङ्क्रमण भएर निको भएका व्यक्तिको रगत अन्य बिरामीलाई दिएर गरिने उपचारविधि रहेको ज्ञवालीले स्पष्ट गरे । उनले सङ्क्रमण मुक्त भएको दुई हप्तापछि ती व्यक्तिको रगतको प्लाज्मा अन्य सङ्क्रमितलाई दिन योग्य हुन्छ, १८ वर्ष उमेर माथिका व्यक्तिले रगतको प्लाज्मा दिएर सघाउन सक्छन् भने । सामान्य रूपमा ब्लड बैङ्कको माध्यमबाट रगत दिएर त्यसबाट प्लाज्मा छुट्याइन्छ । त्यसपछि अन्य सङ्क्रमितमा त्यो प्लाज्मा प्रयोग गरिन्छ ।

ब्लड बैङ्कमा प्लाज्मा भण्डारण गर्न र रक्तदाता खोज्न भने यतिबेला समस्या भइरहेको छ । भर्खर सङ्क्रमणमुक्त भएका बेला हत्तपत्त कसैले रगत दिन मान्दैनन् । त्यसका लागि स्वास्थ्यकर्मीले दातालाई थप परामर्श दिन आवश्यक ठानिएको उनले औँल्याए । सङ्क्रमित भएर निको हुने व्यक्तिले रगत दान गर्दा ‘साइड इफेक्ट’ नहुने भएकाले रगत दान गरेर अरूको ज्यान बचाउन उनले अनुरोध गरे ।

रगत लिनेलाई पनि कुनै हानि हुँदैन । जुन समूहको रगत हो त्यही रक्त समूहका बिरामीलाई प्लाज्मा झिकेर दिइन्छ । रक्त समूह भने फरक पर्नुहुँदैन ।

विश्वका विकसित देशले भने यसरी रगतको प्लाज्मा निकाल्नेभन्दा पनि नयाँ प्रविधि सहितको मेसिनबाट सीधै दाताको रगतबाट प्लाज्मा मात्र निकालेर अन्य बिरामीलाई दिने गरिन्छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ७ : ३९ बजे

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध जिल्ला

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री