१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सचिवालय बैठकको पूर्वसन्ध्यामा ओली-प्रचण्ड छलफल



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्नु अघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

भोलि बिहीबार बस्ने सचिवालय बैठकको एजेण्डाबारे दुई अध्यक्षबीच छलफल भएको हो । गत भदौ १३ गते बस्ने भनिएको बैठक सचिवालय सदस्यद्वय इश्वर पोखरेल र रामबहादुर थापा सेल्फ आइसोलेसनमा बस्नुपरेका कारण स्थगित भएको थियो ।

बैठकमा पार्टीको विवाद समाधान कार्यदलले अध्यक्षद्वयलाई बुझाएको सर्वसम्मत प्रतिवेदनमाथि छलफल हुने बताइएको थियो ।

तर, बिहीबारको बैठकमा त्यो एजेण्डाबाहेक राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनयन हुने राष्ट्रियसभाको रिक्त एक पदबारे पेचिलो बहस हुनसक्ने बताइएएको छ ।

यसअघिको सचिवालय बैठकले गत फागुनमा उपाध्यक्ष बामदेव गौतमलाई सो पदका लागि सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री ओलीले त्यस पदमा अर्थमन्त्री डा. युवराज खतिवडालाई नै नियुक्त गर्न चाहन्छन् ।

गत बैशाख २० मा भएको सचिवालय बैठकबाट फागुनको निर्णय फेरिएको ओली पक्षको बुझाई छ । तर, सो पदमा गौतमले आफु नै जान सार्वनिक इच्छा व्यक्त गरिसकेका छन् ।

राष्ट्रिय सभाका रिक्त १८ पदको निर्वाचनको समयमा प्रधानमन्त्री हुन नसक्ने स्थानमा सांसद नबन्ने अड्डी लिएका गौतमलाई यतिबेला सांसद पद जसरी पनि चाहिएको छ । त्यसकारण उनले सार्वजनिक रुपमै अब प्रधानमन्त्रीले आफ्नोबारेमा सिफारिस गर्छन् कि गर्दैनन् भनेर प्रश्न गरेका छन् ।

तर, प्रधानमन्त्री ओलीले जसरी पनि खतिवडालाई सांसद बनाएर अर्थमन्त्रीमा निरन्तरता दिन चाहन्छन् । यसका लागि प्रधानमन्त्रीले दुई महिना अघि नै खतिवडाको सिफारिस राष्ट्रपतिसमक्ष बुझाइसकेको स्रोतले दाबी गरेको छ ।

खतिवडाको सांसद बिनाको मन्त्रीको कार्यकाल यही भदौ २० गते सकिँदैछ । त्यसकारण, विवाद समाधान उन्मुख देखिएको नेकपामा बिहीबारको बैठकमा नयाँ लफडा हुनसक्ने देखिएको छ ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ६ : १९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान