२९ मंसिर २०८२, सोमबार | December 15, 2025

ह्यान्डबललाई एसियाली महासङ्घको साढे सात लाख सहयोग



काठमाडौं । नेपालका ह्यान्डबलका खेलाडी तथा प्रशक्षिकको सहयोगका लागि नेपाल ह्यान्डबल सङ्घलाई एसियाली ह्यान्डबल महासङ्घले सात लाख ६५ हजार राहत सहयोग गरेको छ ।

नेपालमा कोरोना भाइरसका कारण प्रभावित भएका ह्यान्डबलका खेलाडी र प्रशिक्षकलाई राहत पाइयोस् भन्ने उद्देश्यले एसियाली ह्यान्डबल महासङ्घले उक्त सहयोग प्रदान गरेको हो ।

सो रकमले ह्यान्डबलका खेलाडी, पूर्वखेलाडी, प्रशिक्षक र रेफ्रीको कोरोना बीमा गरिने नेपाल ह्यान्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

कोरोना बीमा गर्न सङ्घले सबैको सूची तयार गर्ने काम गरिरहेको उनको भनाइ छ । कोरोनाबाट बढी प्रभावितलाई बीमामा प्राथमिकता दिइने सङ्घले जनाएको छ ।

यसअघि सङ्घले झण्डै २०० खेलाडी लगायतको कोरोना बीमाको तयारी थालेको थियो ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ८ : १४ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ