२२ भदौ २०८३, सोमबार | September 7, 2026

आफु र आफ्नो परिवारलाई कोरोना पुष्टि हुँदा गर्व महसुस् गर्ने गाँउपालिका अध्यक्ष….



बुटवल । रुपन्देहीको ओमसतिया गाँउपालिका अध्यक्ष हिरा केवट राहुलले आफु र आफ्नो परिवारलाई कोरोना संक्रमण भएकोमा गर्व महसुुस् भएको बताएका छन् । आज आफ्नो फेसबुक मार्फत जनताको सेवा गर्दै गर्दा आफु र आफ्ना परिवारका सदस्यहरुलाई संक्रमण भएको उल्लेख गर्दै कोरोनाका कारण बलिदान (मृत्यु) भएपनि आफ्नो चिन्ता नलिन सबैलाई आग्रह गरेका छन् ।

बुधबार साँझ मात्र गाउँपालिकाका अध्यक्ष राहुल सहित उनकी २० वर्षीया छोरी, ४२ वर्षीय चालक, ५० वर्षीय एकजना वडा सदस्य र ३२ वर्षीय एकजना वडा सचिवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा सुरक्षित रुपमा बसेको बताउंदै उनले आफु सहित परिवारमा कसैलाई पनि लक्षण नदेखिएको बताए ।

पालिका अध्यक्ष, वार्ड अध्यक्ष र केहि वडा सदस्य सहित कर्मचारीमा संक्रमण पुष्टि भएपछि गाउँपालिकाको कार्यालय भदौ २० गतेसम्मका लागि बन्द गरिएको छ । कार्यालयमा अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिएको सुचना मार्फत गाँउपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  १० : ४४ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त