२० मंसिर २०८२, शनिबार | December 6, 2025

आफु र आफ्नो परिवारलाई कोरोना पुष्टि हुँदा गर्व महसुस् गर्ने गाँउपालिका अध्यक्ष….



बुटवल । रुपन्देहीको ओमसतिया गाँउपालिका अध्यक्ष हिरा केवट राहुलले आफु र आफ्नो परिवारलाई कोरोना संक्रमण भएकोमा गर्व महसुुस् भएको बताएका छन् । आज आफ्नो फेसबुक मार्फत जनताको सेवा गर्दै गर्दा आफु र आफ्ना परिवारका सदस्यहरुलाई संक्रमण भएको उल्लेख गर्दै कोरोनाका कारण बलिदान (मृत्यु) भएपनि आफ्नो चिन्ता नलिन सबैलाई आग्रह गरेका छन् ।

बुधबार साँझ मात्र गाउँपालिकाका अध्यक्ष राहुल सहित उनकी २० वर्षीया छोरी, ४२ वर्षीय चालक, ५० वर्षीय एकजना वडा सदस्य र ३२ वर्षीय एकजना वडा सचिवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा सुरक्षित रुपमा बसेको बताउंदै उनले आफु सहित परिवारमा कसैलाई पनि लक्षण नदेखिएको बताए ।

पालिका अध्यक्ष, वार्ड अध्यक्ष र केहि वडा सदस्य सहित कर्मचारीमा संक्रमण पुष्टि भएपछि गाउँपालिकाको कार्यालय भदौ २० गतेसम्मका लागि बन्द गरिएको छ । कार्यालयमा अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिएको सुचना मार्फत गाँउपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  १० : ४४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय