१४ फाल्गुन २०८२, बिहिबार | February 27, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा दोस्रो पटक कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा दोस्रो पटक कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरी बच्चा निकालिएको छ ।

अर्घाखाँची मालारानी गाँउपालिका ५ की २२ वर्षीया संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरेर बच्चा निकालिएको छ ।

अस्पतालका सर्जन डा। बिष्णु गौतमको नेतृत्वको टिमले गरेको शल्यक्रियाबाट ४ केजी तौलको छोराको जन्म भएको अस्पतालले जनाएको छ ।

नवजात शिशु र आमाको अवस्था सामान्य रहेको अस्पतालका प्रवक्ता समेत रहेका डा। गौतमले जानकारी दिए । कोरोना मुक्त नहुँदासम्म सुत्केरी आमा र नवजात शिशुको अस्पतालमा उपचार गरिने उनले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा यसअघि भिम अस्पतालले रेफर गरेको सिद्धार्थनगर नगरपालिकाकी एक संक्रमित महिलाको पनि सफल शल्यक्रिया भएको थियो ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  १२ : ०४ बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर