२१ भदौ २०८३, आइतबार | September 6, 2026

नेपाल संवत ११४५ को पूर्वसन्ध्यामा बुटवलमा मोटरसाइकल र्याली (फोटोफिचर)



बुटवल । नेपाल संवत ११४५ प्रारम्भको पूर्वसन्ध्यामा बुटवलमा मोटरसाईकल र्याली निकालिएको छ । नेवाः दयदबु बुटवल नगर समितिको आयोजनामा नेपाल संवतको स्वगतका लागि पूर्वसन्ध्यामा मोटरसाइकल र्याली निकलिएको हो ।

बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको र्याली मिलनचोक, ट्राफिक चोक, गोलपार्क, दुर्गामन्दिर हुँदै अमरपथ, कालिकानगर, देबीनगर भएर नेवाः सेवा समितिको (नेवाः छें) भवनमा पुगेर समापन भएको थियो । नेवाः दयदबुको आयोजना र बुटवलका १० बढी नेवाः खलपुचहरुको सहभागितामा भएको र्यालीमा निस्केका चालकहरुले नेपाल संवत ११४५ को भिन्तुना, नेपाल संवत सबै नेपालीको संवत, राष्ट्रिय विभूती शंखधर साँख्वा अमर रहुन् लेखिएको प्लेकार्ड, नेवाः प्रतिक झण्डा र राष्ट्रिय झण्डा बोकेका थिए ।

नेपाल संवतको महत्वलाई नागरिकस्तर सम्म पुर्याउन र सबैको साझा संवत भएको पहिचान दिन र्याली निकालिएको दयदबुका नगर अध्यक्ष गोपाल श्रेष्ठले बताए । उनले भोलि नेपाल संवतको प्रारमभका दिन बृशद शुभकामना आदानप्रदान कार्यक्रम राखिएको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार भोलि काठमाडौं बाहिर पहिलोपटक नेपाल संवतको क्यालेन्डर बिमोचन गरिनुका साथै बुटवलमा रहेर नेवाः समुदायको भाषा, संस्कृतिमा योगदान दिएका नेवा दयदबुका संस्थापक अध्यक्ष रबिन्द्रगोपाल लाकौललाई सम्मानको गरिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा नेवाः सेवा समिति देविनगर, भिमसेन सेवा समाज बुटवल–३, भिन्द्यो नेवाः समाज (बुटवल —१७,१८,१९), नेवा संस्कृति संरक्षण समाज देविनगर, भिमसेन सेवा समाज देविनगर, गणेश नेवा समाज देविनगर, नेवाः समाज १ र २, नेवाः समाज अर्घाखाँची रुपन्देही सहित एक दर्जन बढि खलपुचहरुको सहभागीता रहने अध्यक्ष श्रेष्ठले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेवाः सेवा समिति देविनगरका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले नेपाल संवत सबै नेपालीको साझा संवत भएको स्पष्ट पार्दे कार्यक्रममा नेवार समुदाय बाहेकका नेपाली भाषा, धर्म र सम्प्रदायको पनि उपस्थिती रहने जानकारी दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : ४१ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका