२३ भदौ २०८३, मंगलबार | September 8, 2026

काठमाडौं प्रहरीको आग्रहमा बुटवलबाट निलकण्ठ डुम्रे पक्राउ



बुटवल । ठगी अभियोगमा काठमाडौमा पक्राउ पुर्जी जारी भएका निलकण्ठ डुम्रेलाई बुटवल प्रहरीले पक्राृ गरेर काठमाडौं पठाएको छ । सैनामैना स्थायी बसोबार गर्दै आएका डुम्रेलाई बुटवल बसपार्कबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ठगी आरोपमा काठमाडौं जिल्ला अदालतको अनुमतिले पक्राउ पुर्जी जारी भएका डुम्रेलाई काठमाडोंबाट पक्राउ गरेर पठाउन पत्र आएको आधारमा बसपार्क क्षेत्रमा फेला पारी पक्राउ गरि पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक बिजयराज पण्डीतले बताए । उनले कुन बिषयको ठगी भन्ने भने खुलाएनन् । ठगी कसुरमा फत्राउको पत्र आए अनुसार डुम्रेलाई बसपार्कमा फेला परेपछि पक्राउ गरिएको हो, घटनाको विवरण भने पत्रमा काठमाडौंलाई नै थाहा होला । उनले भने ।

पक्राउ परेका डुम्रेलाई आजै काठमाडौं पठाइने उनले जानकारी दिए । प्रहरी स्रोतका अनुसार बैदेशीक रोजगारीमा पठाइदिन्छु भन्दै बिभिन्न ब्यक्तिहरुबाट पैसा उठाएर ठगी गरेको उजुरीका आधारमा डुम्रे विरुद्ध ठगी अभियोगमा मुद्दा परेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १२ : २६ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३