५ श्रावण २०८३, मंगलबार | July 21, 2026

रातो मत्स्येन्द्रनाथको रथ यात्रा प्रकरण : ललितपुरको पुल्चोक क्षेत्र अझै तनावग्रस्त



काठमाडौं । निषेधाज्ञाको बीचमा ठूलो संख्यामा भिड जम्मा गरेर रातो मत्स्येन्द्रनाथको रथ यात्रा तान्न थालिएपछि ललितपुरको पुल्चोक, पाटन क्षेत्र तनाबग्रस्त बनेको छ ।

स्थानीय युवाहरुले बिहान ११ बजेबाट रथ तान्न थालेका थिए । तर, रथ तान्नका लागि प्रशासनको अनुमति भने प्राप्त थिएन । कोरोना भाइरसको महामारीका कारण ललितपुर प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

अत्यावश्यक काम बाहेक कोही पनि घरबाट बाहिर निस्कन नपाइने निषेधाज्ञालाई तोड्दै सांस्कृति जोगाउन स्थानीय युवाहरुले रथ तान्न थालेपछि प्रहरीले अवरोध गरेको थियो । त्यसपछि सुरुभएको झड अहिले पनि जारी छ ।

प्रहरीले रथ तान्न रोक लगाउँदै पानीको फोहोरा हानेपछि पुल्चोक र पाटन क्षेत्रमा जम्मा भएका युवाहरुले प्रहरीमाथि अहिले पनि ढुगामुढा गरिरहेका छन् । प्रहरीले दर्जनौं सेल अश्रुग्यांस प्रहार गरेको छ । झडपकै क्रममा प्रहरीको एउटा मोटरसाइकलमा आगजनी गरेएको छ ।

यसैबीच, आफुहरुलाई जानकारी नै नदिई मत्स्येन्द्रनाथको रथ यात्रा सुरु गरेको ललितपुरका ११ वटा जातीय संगठनहरुले जनाएका छन् ।
यसविषयमा छलफल गर्न ज्यापु समाजको संयोजनमा आकस्मिक बैठक बोलाइएको छ । बैठकमा ज्यापु समाज, बौद्ध विहार संघ, श्रेष्ठ समाज, कपाली समाज लगायतका संगठनहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ३ : ३८ बजे

ढोरपाटन आवातजावतमा सास्ती

पोखरा । ढोरपाटनका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा

पर्वतको बन्जीसाइड भीरबाट हाम्फालेका व्यक्तिको शव निकालियो

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइडको भीरबाट हाम फालेका

राधिका दासी र मायाघरबीच बढ्यो विवाद, रकम बुझाउन माग

झापा । मायाघर इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले मायाघरको नाममा सहयोग

कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको

साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न