१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

रातो मत्स्येन्द्रनाथको रथ यात्रा प्रकरण : ललितपुरको पुल्चोक क्षेत्र अझै तनावग्रस्त



काठमाडौं । निषेधाज्ञाको बीचमा ठूलो संख्यामा भिड जम्मा गरेर रातो मत्स्येन्द्रनाथको रथ यात्रा तान्न थालिएपछि ललितपुरको पुल्चोक, पाटन क्षेत्र तनाबग्रस्त बनेको छ ।

स्थानीय युवाहरुले बिहान ११ बजेबाट रथ तान्न थालेका थिए । तर, रथ तान्नका लागि प्रशासनको अनुमति भने प्राप्त थिएन । कोरोना भाइरसको महामारीका कारण ललितपुर प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

अत्यावश्यक काम बाहेक कोही पनि घरबाट बाहिर निस्कन नपाइने निषेधाज्ञालाई तोड्दै सांस्कृति जोगाउन स्थानीय युवाहरुले रथ तान्न थालेपछि प्रहरीले अवरोध गरेको थियो । त्यसपछि सुरुभएको झड अहिले पनि जारी छ ।

प्रहरीले रथ तान्न रोक लगाउँदै पानीको फोहोरा हानेपछि पुल्चोक र पाटन क्षेत्रमा जम्मा भएका युवाहरुले प्रहरीमाथि अहिले पनि ढुगामुढा गरिरहेका छन् । प्रहरीले दर्जनौं सेल अश्रुग्यांस प्रहार गरेको छ । झडपकै क्रममा प्रहरीको एउटा मोटरसाइकलमा आगजनी गरेएको छ ।

यसैबीच, आफुहरुलाई जानकारी नै नदिई मत्स्येन्द्रनाथको रथ यात्रा सुरु गरेको ललितपुरका ११ वटा जातीय संगठनहरुले जनाएका छन् ।
यसविषयमा छलफल गर्न ज्यापु समाजको संयोजनमा आकस्मिक बैठक बोलाइएको छ । बैठकमा ज्यापु समाज, बौद्ध विहार संघ, श्रेष्ठ समाज, कपाली समाज लगायतका संगठनहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ३ : ३८ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार