११ श्रावण २०८३, सोमबार | July 27, 2026

रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय युवाबीच ललितपुरको पुल्चोकमा झडप



काठमाडौं । प्रशासनको अनुमति विना रातो मत्स्येन्द्रनाथको रथ तानिएपछि ललितपुरको पुल्चोकमा स्थानीयबासिन्दा र प्रहरीबीच झडप भएको छ ।

निषेधाज्ञाको बीचमा ठूलो समुह जम्मा भै स्थानीय युवाहरुको पहलमा रथ तान्न थालेपछि प्रहरीले रोकेको थियो । तर, रथ तान्न रोकेको भन्दै युवाहरुले विरोध गरेपछि झडप नै भएको थियो । झडपमा उत्रिएका स्थानीय युवाहरुमाथि प्रहरीले पानीको फोहोरा हानेको छ ।

त्यसक्रममा प्रहरीले केही सेल अश्रुग्यांस पनि प्रहार गरेको छ । प्रहरीको प्रतिकारमा युवाहरुले ढुंगामुढा गरेका थिए ।

भिडभाड नगर्न आग्रह गर्दै रथ रोक्न अनुरोध गर्दा स्थानीयले अटेर गरेपछि झडप भएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताएका छन् ।

कोरोना महामारीका कारण बढिरहेको संक्रमण रोक्न भन्दै सरकारले निषेधाज्ञा लगाएको छ । निषेधाज्ञाको अवधीमा ठूलो संख्यामा युवाको भिड जम्मा भएपछि प्रहरीले अवरोध गरेको थियो ।

अहिले पुल्चोक क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । भिडलाई तितरबितर बनाएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  २ : ०८ बजे

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज