७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । दिउँसो ३ बजेपछि बैठक सुरु भएको हो ।

बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

यसैगरी राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने रिक्त एक पदका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओली सो पदमा अर्थमन्त्री युवराज खतिवडालाई ल्याउन चाहन्छन् ।

ओली इतरका नेताहरु भने उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा ल्याउने फागुनको निर्णय कार्यावयन हुनुपर्ने जिकिर गर्छन् ।

बैठकअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकघन्टा छलफल भएको छ ।

बिहान ११ बजे बस्ने भनिएको बैठक स्थगित ३ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ३ : ५८ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२