६ पुस २०८२, आइतबार | December 21, 2025

बिहीबार थपिए १२ सय २८ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै ४४५ जना



काठमाडौं । बिहीबार देशभर कोरोना भाइरसका १२ सय २८ जना संक्रमित थपिएका छन् ।

१३ हजार ४१३ नमुना पीसीआर परीक्षणमा १२ सय २८ जनामासंक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । जसअनुसार महिला ३९४ जना र पुरुष ८३४ जना रहेका छन् ।

यससँगै देशभर अहिलेसम्म ४२ हजार ८७७ जना संक्रमित पुगेका छन् ।

सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । जसअनुसार संस्थागत आइसोलेसनमा १० हजार ६७१ रहेका छन् । यस्तै, होम आइसोलेसनमा७ हजार ७४२ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा ४४५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा मात्रै ३५७ जना थपिएका छन् । ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना रहेका छन् ।

देशभर २४ घण्टामा ९१७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २४ हजार २०७ जना जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ४ : २३ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र