२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

भक्तपुरमा कोरोना सङ्क्रमितको महिलाको मृत्यु



भक्तपुर । मिर्गौला रोगबाट पीडित एक महिलाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ ।

मध्यपुरथिमि नगरपालिका–६ दुवाफल्चाकी ४० वर्षीया महिलाको पाटन अस्पतालमा उपचारकै क्रममा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

ती महिलालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि यही भदौ ३ गते अस्पताल भर्ना गरिएकामा उपचारकै क्रममा गए राति मृत्यु भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

मृतक महिलाका श्रीमान्सहित परिवारका अन्य दुई जनामा पनि सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमा राखिएको बताइएको छ ।

यससँगै भक्तपुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने १० जना पुगेका छन् ।

तीमध्ये पाँच मध्यपुरथिमि, चार सूर्यविनायक र एक जना भक्तपुर नगरपालिकाका हुन् ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ५ : ५२ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको