२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

सप्तरीका थप दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु



सप्तरी । कोरोना संक्रमणबाट सप्तरीका थप दुई जनाको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट जिल्लामा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

पछिल्लो पटक कोरोना संक्रमणबाट राजविराज नगरपालिका ७ का ५५ वर्षिय गोपाल साह र राजगढ गाउँपालिका ६ का ६० वर्षीय गणेश यादवको मृत्यु भएको हो ।

दुवैको उपचारको क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको जिल्ला स्वाथ्य कार्यालय सप्तरीले जनाएको छ ।

यादवको बुधवार मध्यरात तथा साहको बिहीवार दिउँसो मृत्यु भएको जिल्ला स्वास्थ्यका कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।

उनका अनुसार कोरोना पोजिटिभ भई गम्भिर अवस्थामा पुगेका यादवलाई परिवारजनले सोझै धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु-याएका थिए भने साहलाई बिहीवारै यहाँस्थित साईकृष्णा मेडिकल कलेजको आइशोलेशनबाट रेफर गरिएको थियो ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ६ : ०१ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको