४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना बिरुद्ध सचेतना जगाउदै रोटरी क्लब अफ तिलोत्तमा



बुटवल । मानिसहरुमा कोरोना भाईरस संक्रमण बिरुद्ध अडियो सामग्री तयार गरेर रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले बिहिबारदेखि बुटवल उपमहानगरपालिकामा सचेतनामुलक माइकिङ कार्यक्रम शुरु गरेको छ ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै कोरोना संक्रमण रोक्ने जिम्मेवारी सबै नागरिकको भएको बताए । आफुहरुले सचेतना जगाउने अभियान प्राथमिकता राखेर अघि बढेको भन्दै यसमा यस क्षेत्रका सामाजिक संघसस्थाहरुको साथ पाएको समेत बताए ।

विज्ञहरुका अनुसार कोरोनाको आयु बढीमा ३ वर्षसम्म हुने अनुमान गरिएकाले यो अनुकुल मानिसहरु चेतना र जागरण काम गर्नुपर्ने उनको सुझाव छ । क्लबले ठिक समयमा सहि कामको थालनी गरेको उनको तर्क छ ।

क्लबका अध्यक्ष गोपाल ज्ञवालीले क्लबमार्फत कोरोना भाईरस संक्रमणको अभियानमा शुरुवातबाट नै निरन्तर लागेको बताए । पहिलो चरणमा विभिन्न संचारगृह, सुरक्षा निकायलाई हेन्डवास मेशिन, मास्क वितरण, अन्तरक्रिया कार्यक्रमहरु गरेको बताए ।

मानिसमा चेतना जगाउने उत्तम उपायका रुपमा माईकिङ उपयुक्त माध्यम भएको दाबी गर्दै बुटवल उपमहानगरका घरघरमा पुग्ने गरि कार्यक्रम बनाएको उनले बताए ।

कार्यक्रममा क्लबका पुर्वअध्यक्ष नवीन श्रेष्ठ, बालकृष्ण अर्याल, कोषाध्यक्ष निरज श्रेष्ठले भाषण भन्दा पनि काम गर्ने सहि समय आएको भन्दै यसलाई सबैले सदुपयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ८ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको