२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कोरोना बिरुद्ध सचेतना जगाउदै रोटरी क्लब अफ तिलोत्तमा



बुटवल । मानिसहरुमा कोरोना भाईरस संक्रमण बिरुद्ध अडियो सामग्री तयार गरेर रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले बिहिबारदेखि बुटवल उपमहानगरपालिकामा सचेतनामुलक माइकिङ कार्यक्रम शुरु गरेको छ ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै कोरोना संक्रमण रोक्ने जिम्मेवारी सबै नागरिकको भएको बताए । आफुहरुले सचेतना जगाउने अभियान प्राथमिकता राखेर अघि बढेको भन्दै यसमा यस क्षेत्रका सामाजिक संघसस्थाहरुको साथ पाएको समेत बताए ।

विज्ञहरुका अनुसार कोरोनाको आयु बढीमा ३ वर्षसम्म हुने अनुमान गरिएकाले यो अनुकुल मानिसहरु चेतना र जागरण काम गर्नुपर्ने उनको सुझाव छ । क्लबले ठिक समयमा सहि कामको थालनी गरेको उनको तर्क छ ।

क्लबका अध्यक्ष गोपाल ज्ञवालीले क्लबमार्फत कोरोना भाईरस संक्रमणको अभियानमा शुरुवातबाट नै निरन्तर लागेको बताए । पहिलो चरणमा विभिन्न संचारगृह, सुरक्षा निकायलाई हेन्डवास मेशिन, मास्क वितरण, अन्तरक्रिया कार्यक्रमहरु गरेको बताए ।

मानिसमा चेतना जगाउने उत्तम उपायका रुपमा माईकिङ उपयुक्त माध्यम भएको दाबी गर्दै बुटवल उपमहानगरका घरघरमा पुग्ने गरि कार्यक्रम बनाएको उनले बताए ।

कार्यक्रममा क्लबका पुर्वअध्यक्ष नवीन श्रेष्ठ, बालकृष्ण अर्याल, कोषाध्यक्ष निरज श्रेष्ठले भाषण भन्दा पनि काम गर्ने सहि समय आएको भन्दै यसलाई सबैले सदुपयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ८ : ४० बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने