६ श्रावण २०८३, बुधबार | July 22, 2026

साउदी अरेबियाले इजरायल र युएइलाई हवाई उड्डयनको लागि आकाश प्रयोग गर्न दिने



एजेन्सी । साउदी अरेबियाले इजरायल र युनाइटेड अरब इमिरेट्सलाई अफ्नो आकाशबाट हवाई उड्डयन गर्न दिने भएको छ । सो विषयमा इजरायल र युनाइटेड अरब इमिरेट्स्सँग साउदी अरेबियाले सहमति जनाएको बताइएको छ ।

इजरायलको टाइम्स पत्रिकाले सउदी अरेबियाको समाचार समितिलाई उद्धृत गर्दै दिएको समाचारमा सो कुरा उल्लेख गरिएको छ ।

उक्त पत्रिकाले बिहीबार दिएको समाचारमा युनाइटेड अरब इमिरेट्स र इजरायलका जाहाजहरुलाई उडानका लागि आफ्नो आकाश प्रयोग गर्न दिने विषयमा साउदी अरेबियाले सहमति गरेको उल्लेख गरेको छ ।

हालैमात्र इजरायल र युनाइटेड अरब इमिरेट्स्ले साउदी अरेबियालाई यो अनुमतिका लागि विशेष अनुरोध गरेका थिए । सो अनुमतिको पक्षमा अमेरिकाले पनि साउदी अरेबियालाई भनेको बताइएको छ ।
गत महिनामात्र पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युनाइटेड अरब इमिरेट्स् र इजरायलले आगामी केही समयभित्र नै साउदी अरेबियासँगको सम्बन्धमा सुधार ल्याउने अपेक्षा गरिएको धारणा सार्वजनिक गर्नुभएको थियो ।

यस विषयमा अर्थात् यी तीन देशको सम्बन्धको सुधारका पक्षमा अमेरिकाको मध्यस्थतामा युनाइटेड अरब इमिरेट्स्, इजरायल र साउदी अरेबियाबीच गएको अगष्ट १३ मा एक सहमति भएको थियो ।
सोही सहमति पत्रमा हस्ताक्षर भए बमोजिम नै साउदी अरेबियाले यो निर्णय बिहीबार गरेको बताइएको छ ।

ती तीन देशले संयुक्त रुपमा बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ कि यो सहमति ती ३ तीन देशकाबीचमा भएको छ र यो एक साहसिक निर्णय हो । साथै यस संयुक्त विज्ञप्तिमा यो साहसिक निर्णयले मध्यपूर्वको विकास, सम्मृद्धिका साथै यहाँको स्थायित्वका लागि पनि निकै नै सकारात्मक प्रभाव पार्नसक्ने धारणा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ८ : ५३ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना