८ बैशाख २०८१, शनिबार | April 20, 2024

बिहान कसरी उठ्ने ? जान्नुहोस् यी ८ तरिका, जसबाट दिमागको क्षमता बढाउन सकिन्छ



कहिलेकांही कुनै अनुहार देखेजस्तो लागेको हुनसक्छ तर हामीले त्यो अनुहारको नाम बिर्सिन्छौँ ।

हामीले कहिलेकांही भनेका हुन्छौँ मनमा आयो मुखमा आएन । खासमा यो हाम्रो स्मरण शक्ति कमजोर भएकाले हो । भनिन्छ, उमेर बढ्दै जाँदा दिमागको क्षमता घट्दै जान्छ ।

र कतिपय कुरा हामीलाई याद पनि आउँदैन । तर, उमेर बढेपनि हामीले हाम्रो स्मरण शक्तिलाई उस्तै ताजा बनाउन सक्छौँ । त्यसका लागि तलका आठ तरिका अपनाउन सकिन्छस्

१ व्यायाम

व्यायाम गर्नुले हाम्रो मस्तिष्कलाई स्वास्थ्य राख्छ । व्यायाम गर्नाले दिमागको क्षमता पनि बढ्छ । व्यायाम गर्दा दिमागका कोशिकाबीच आपसी सम्पर्क झन् राम्रो हुँदै जान्छ । नयाँ कोशिकाको निर्माण पनि हुन्छ । कार्डियो एक्सरसाइज गर्नाले हामीले झन् धेरै अक्सिजन लिन्छौँ ।

अझ यस्तो व्यायाम बाहिर गर्ने हो भने सूर्यको प्रकाशमा हामीलाई भिटामिन डी पनि मिल्छ । यसले हामीमा परिवर्तन ल्याउँछ । अरु कोहीलाई कुनै आइडिया बाँड्दै गर्दा पनि हामीलाई यस्तो महसुस हुन सक्छ ।

२ गतिसहित याद गर्नुहोस्

यो टेक्निक विशेष गरि कलाकारहरु प्रयोग गर्छन् । कुनै पनि चलिचत्रमा गितसहित उनीहरु आफूले बोल्नु पर्ने डायलग सम्झन्छन् । यदि कुनै पनि कुराको गतिसहित केही कुरा याद गर्ने हो भने त्यो सम्झनामा रहने सम्भावना अत्यन्त बढी हुन्छ ।

यदि तपाईंले कुनै प्रिजेन्टेसन दिनु पर्ने छ भने या भाषण गर्नु छ भने त्यो कुरालाई यसो हिँड्दै वा नाच्दै सम्झने प्रयास गर्नुभयो भने त्यसले तपाईंको सम्झना शक्तिमा व्यापक परिवर्तन ल्याइहाल्छ ।

३ सन्तुलित भोजन

हामीले खाने खानामा पाइने सुगर लेभलको २० प्रतिशत भाग सिधै दिमागमा जान्छ । त्यसैले हामीले कति सुगर खान्छौँ भन्ने कुराले हाम्रो दिमागलाई असर पार्छ । यदि हाम्रो सुगर लेभल नियन्त्रित छैन भने त्यसले हाम्रो दिमागलाई सिधा असर पार्छ । अनि हाम्रो दिमाग अन्योलमा पर्छ । त्यसैले हाम्रो भोजन सन्तुलित हुनु पर्छ ।

हाम्रो दिमागका कोशिका फ्याटबाट बनेका हुन्छन् । त्यसैले पनि खानामा फ्याटलाई पूर्णरुपमा छोड्नु हुँदैन । बदाम, गेडागुडी, नासपाती, माछा हाम्रो दिमागका लागि निकै लाभदायक मानिन्छन् ।

४ दिमागलाई आराम दिनुहोस्

तनाव दिमागका लागि अत्यन्त राम्रो हो किनकि आपत्७शधलवसकालीन अवस्थामा पनि दिमागले राम्रोसँग काम गर्न पाउँछ । तर, निकै धेरै तनाव लामो समयसम्म हुँदा दिमागमा नकारात्मक असर पर्छ । त्यसैले समयसमयमा आफ्ना नियमित तनाव बिर्सनुहोस् र दिमागलाई आराम दिनुहोस् ।

५ नयाँ चुनौति खोज्नुहोस्

दिमागलाई तन्दुरुस्त राख्नका लागि दिमागलाई नयाँ चुनौति दिइरहनु पर्छ । जब नयाँ चुनौति दिइन्छ, दिमागले अभ्यास गर्ने मौका पाउँछ र हामीले नयाँ कुरा सिक्न पाइन्छ । यसको अर्थ हो कुनै नयाँ भाषा सिकेर वा नयाँ कला सिकेर हामीले दिमागको क्षमता बढाउन सकिन्छ । नयाँ भाषा सिक्न वा अरु केही सिक्न मन छैन भने परिवारमा अनलाइन खेल खेलेर पनि दिमागको क्षमता बढाउन सिकन्छ ।

६ संगीत सुन्नुहोस्

संगीतले दिमागलाई अत्यन्त राम्रो प्रभाव पार्छ । मानौं दिमागका लागि अचुक औषधि हो संगीत । कुनै पनि गीत सुन्दै गर्दा वा कुनै साधन बजाउँदै गर्दा पूरै शरिर क्रियशिल हुने भएकाले पनि यस्तो असर देखिने हो । कयौं ठाउँमा त संगीतलाई सम्झनाको थेरापीका रुपमा पनि प्रयोग गरिएको हुन्छ ।

७ पढ्नुहोस् र सुत्नुहोस्

यदि तपाईंले दैनिक रुपमा केही नयाँ पढ्नुभयो भने तपाईंको मस्तिष्कलाई राम्रो अभ्यास हुन्छ । यसले मस्तिष्कका दुई कोशिकालाई जोड्ने काम गर्छ । अनि केही पढेर सुत्दा यसले दुई कोशिकाको सम्पर्कलाई अझ बलियो बनाउँछ ।

त्यसैले यसरी पढेर सुत्दा पढेको कुरा लामो समयसम्म याद आइरहन्छ । त्यसैले निद्रा सम्झनाका लागि तथा दिमागका लागि अत्यन्त महत्वपूर्ण हुन्छ । त्यसैले पनि सुत्नुभन्दा अगाडि फिल्म तथा भूतका कथा पढ्नुहुँदैन, सकारात्मक अनुभवसँग सुत्दा दिमागलाई निकै फाइदा पुग्छ ।

८ विहान यसरी उठ्नुहोस्

यदि कोही पनि व्यक्ति पाँच घन्टाभन्दा कम सुत्यो भने त्यो व्यक्ति खासै चनाखो हुन सक्दैन । यही अवस्था दैनिक १० घन्टाभन्दा बढी सुत्दा पनि हुन सक्छ । यसका साथसाथै तपाईं कसरी उठ्नुहुन्छ भन्ने पनि महत्वपूर्ण हुन्छ । सबैभन्दा राम्रो त के भने तपाईं अँध्यारोमा सुत्नुहोस् र विस्तारै उज्यालो भइरहेको समयमा उठ्नुहोस् ।

उठ्दा सूर्यको प्रकाश कोठामा पर्ने छ भने झन् राम्रो हुन्छ । यो उज्यालोले दिमागलाई अझ अभ्यास गर्ने बनाउँछ । घरमा सूर्यको प्रकाश आउँदैन भने लाइट सिस्टम भएको अलार्म किन्न पनि सकिन्छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ७ : १६ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन