७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कोरोना जिते पनि समाजको डर



दोलखा । सधैँ बिरामीको उपचारमा दत्तचित्त लागिरहने म शनिबार भने आफ्नै काममा व्यस्त थिएँ । करिब साढे ६ बजेतिर अकस्मात् कोरोना पोजेटिभ रिपोर्ट आयो भन्ने खबर सुनेँ ।

त्यतिञ्जेल गाउँमा मलाई कोरोना लागेको कुरा ‘एक कान, दुई कान मैदान’ भइसकेको रहेछ । कुनै लक्षण बिना नै कोरोना छ भन्ने खबरले मन भारी भयो । स्वास्थ्यकर्मी भएकाले कोरोना लागे पनि यसबाट बाँच्न सकिन्छ । भीमेश्वर नगरपालिका–२, फूलपाकी पङ्जु तामाङले यस्तै उच्च मनोबलका कारण अन्ततः कोरोना भाइरसलाई परास्त गरिन् । तर समाजमा विकसित भएको भेदभाव र छि–छि दुरदुर हटाउन भने धेरै कठिन भयो ।

भदौ ६ गते सङ्क्रमण पुष्टि भए पछिका दिन सम्झिँदा उनि आफूलाई आँसुमा परिणत गर्दछिन् । बुधबार घर फर्कएकी उनले कोरोना लागेको पुष्टि भएयता हरेक दिन गाउँ, समाजले आफ्नो परिवारलाई गरेको दुव्र्यवहारले सताउने गरेको बताइन् । मेरी आमालाई धारामा पानी थाप्न र पसलमा नुन किन्नसमेत दिइएन ।

घरका परिवार बाटोमा हिँड्दा गाउँले टाढै रोकिनेदेखि फरक्क फर्केर अन्तै जाने सम्मका घटना सुन्दा यो कोरोनाभन्दा खतरा रोग गाउँ, समाजमा भित्रिएछ भन्ने लाग्यो । आज म कोरोना जितेर घर जाँदै छु तर त्यहाँको गाउँ, समाजले मलाई गर्ने व्यवहार कस्तो रहन्छ भन्नेमै पीर लागिरहेको छ, उनले गहभरि आँसु पार्दै भनिन् । श्रीमान् वैदेशिक रोजगारीमा रहेको भए पनि पाँच वर्षीय छोरासहित परिवारमा बस्दै आएकी उनि परिवारका अन्य सदस्यको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।

पङ्जुलाई कोरोना देखिएपछि सँगै काम गर्ने अर्की स्वास्थ्यकर्मी विन्दिय श्रेष्ठ पनि एक हप्तासम्म पीडामै बसिन् । साथीलाई कोरोना पोजेटिभ देखेपछि भीमेश्वर नगरपालिका–३, चरीकोटकी श्रेष्ठको स्वाब सङ्कलन गरी परीक्षण गर्न पठाएयता उनलाई बस्न, खान मुस्किल बनाए ।

गाउँ, समाजले कोरोना पुष्टि नहुँदै गाउँ, समाजमा हुर्कंदै गरेको निर्दयी व्यवहारले घरीघरी पीडा हुने गरेको उनले बताइन् । उनले स्वाब सङ्कलन गरेदेखि नै होम आइसोलेसनमा बसेको मेरो परिवारलाई समेत अपराधी ठान्यो यो समाजले । मेरो घरअगाडि सडक छ तर मान्छे परपर गरेर हिँड्ने गरेको सासूससुराले सुनाउँदा मन रुन्थ्यो भनिन् ।

स्वाब सङ्कलन गरेदेखि नै घर परिवारदेखि छुट्टै बस्दै आएका मेरा छोराछोरीलाई अघिपछि सधैँ सँगै खेल्ने छिमेकीका बालबालिकासँग खेल्नसमेत बन्देज गरियो । खेलेको देखे कि उनीहरूका बुबाआमाले घरको झ्यालबाट बोलाइहाल्ने गरेको उनले बताइन् ।

श्रेष्ठले म पनि एक स्वास्थ्यकर्मी हुँ, के गर्न हुन्छ, हुँदैन मलाई पनि थाहा छ तर समाजले कोरोना पुष्टि नहुँदै मलाई, मेरो परिवारलाई अपराधी झै व्यवहार गर्‍यो । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ७ : २८ बजे

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।

इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

इटाली । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने

निजी विद्यालयलाई महानगरको निर्देशन – एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम