२ बैशाख २०८३, बुधबार | April 15, 2026

कोरोना जिते पनि समाजको डर



दोलखा । सधैँ बिरामीको उपचारमा दत्तचित्त लागिरहने म शनिबार भने आफ्नै काममा व्यस्त थिएँ । करिब साढे ६ बजेतिर अकस्मात् कोरोना पोजेटिभ रिपोर्ट आयो भन्ने खबर सुनेँ ।

त्यतिञ्जेल गाउँमा मलाई कोरोना लागेको कुरा ‘एक कान, दुई कान मैदान’ भइसकेको रहेछ । कुनै लक्षण बिना नै कोरोना छ भन्ने खबरले मन भारी भयो । स्वास्थ्यकर्मी भएकाले कोरोना लागे पनि यसबाट बाँच्न सकिन्छ । भीमेश्वर नगरपालिका–२, फूलपाकी पङ्जु तामाङले यस्तै उच्च मनोबलका कारण अन्ततः कोरोना भाइरसलाई परास्त गरिन् । तर समाजमा विकसित भएको भेदभाव र छि–छि दुरदुर हटाउन भने धेरै कठिन भयो ।

भदौ ६ गते सङ्क्रमण पुष्टि भए पछिका दिन सम्झिँदा उनि आफूलाई आँसुमा परिणत गर्दछिन् । बुधबार घर फर्कएकी उनले कोरोना लागेको पुष्टि भएयता हरेक दिन गाउँ, समाजले आफ्नो परिवारलाई गरेको दुव्र्यवहारले सताउने गरेको बताइन् । मेरी आमालाई धारामा पानी थाप्न र पसलमा नुन किन्नसमेत दिइएन ।

घरका परिवार बाटोमा हिँड्दा गाउँले टाढै रोकिनेदेखि फरक्क फर्केर अन्तै जाने सम्मका घटना सुन्दा यो कोरोनाभन्दा खतरा रोग गाउँ, समाजमा भित्रिएछ भन्ने लाग्यो । आज म कोरोना जितेर घर जाँदै छु तर त्यहाँको गाउँ, समाजले मलाई गर्ने व्यवहार कस्तो रहन्छ भन्नेमै पीर लागिरहेको छ, उनले गहभरि आँसु पार्दै भनिन् । श्रीमान् वैदेशिक रोजगारीमा रहेको भए पनि पाँच वर्षीय छोरासहित परिवारमा बस्दै आएकी उनि परिवारका अन्य सदस्यको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।

पङ्जुलाई कोरोना देखिएपछि सँगै काम गर्ने अर्की स्वास्थ्यकर्मी विन्दिय श्रेष्ठ पनि एक हप्तासम्म पीडामै बसिन् । साथीलाई कोरोना पोजेटिभ देखेपछि भीमेश्वर नगरपालिका–३, चरीकोटकी श्रेष्ठको स्वाब सङ्कलन गरी परीक्षण गर्न पठाएयता उनलाई बस्न, खान मुस्किल बनाए ।

गाउँ, समाजले कोरोना पुष्टि नहुँदै गाउँ, समाजमा हुर्कंदै गरेको निर्दयी व्यवहारले घरीघरी पीडा हुने गरेको उनले बताइन् । उनले स्वाब सङ्कलन गरेदेखि नै होम आइसोलेसनमा बसेको मेरो परिवारलाई समेत अपराधी ठान्यो यो समाजले । मेरो घरअगाडि सडक छ तर मान्छे परपर गरेर हिँड्ने गरेको सासूससुराले सुनाउँदा मन रुन्थ्यो भनिन् ।

स्वाब सङ्कलन गरेदेखि नै घर परिवारदेखि छुट्टै बस्दै आएका मेरा छोराछोरीलाई अघिपछि सधैँ सँगै खेल्ने छिमेकीका बालबालिकासँग खेल्नसमेत बन्देज गरियो । खेलेको देखे कि उनीहरूका बुबाआमाले घरको झ्यालबाट बोलाइहाल्ने गरेको उनले बताइन् ।

श्रेष्ठले म पनि एक स्वास्थ्यकर्मी हुँ, के गर्न हुन्छ, हुँदैन मलाई पनि थाहा छ तर समाजले कोरोना पुष्टि नहुँदै मलाई, मेरो परिवारलाई अपराधी झै व्यवहार गर्‍यो । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ७ : २८ बजे

खुसीपूर्वक मनाइयो नयाँ वर्ष २०८३ को प्रथम दिन

काठमाडौँ । आज विक्रम संवत् २०८३ वैशाख १ गते नयाँ

प्रधानमन्त्री शाहले बुधबार सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

नेपालगन्ज । बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या ८००

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …..

काठमाडौँ । ललितपुर महानगरपालिका–२७ बस्ने एक जना महिलाले श्रीमान्लाई सामाजिक

नयाँ वर्षमा मस्त झुम्यो पोखरा

पोखरा । नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा