११ चैत्र २०७९, शनिबार | March 26, 2023

महामारीमा अग्रपंक्तिमा खट्ने स्वार्थकर्मीको समस्या समाधान नगरेको भन्दै स्वास्थकर्मीहरु आन्दोलनमा



काठमाडौं । कोभिड–१९ महामारीमा अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीको समस्या समाधानमा सरकारले गम्भिरता नदेखाएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।

कोभिड–१९ संक्रमण भएका व्यक्तिको उपचारमा प्रत्यक्ष खटने स्वास्थ्यकर्मीका समस्या समाधान गर्न सरकारलाई पटक पटक आग्रह गर्दा समेत सुनुवाई नभएको भन्दै स्वास्थ्य क्षेत्रमा क्रियाशिल विभिन्न ट्रेड युनियन तथा पेशागत संघ÷संगठनहरु संयुक्त रुपमा आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मीहरुले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरी समस्या समाधान गर्न माग गरेका छन् ।

अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामाग्री र सुरक्षित वातावरणको सुनिश्चितता नभएको, जोखिम तथा प्रोत्साहन भत्ता अहिलेसम्म उपलब्ध हुन नसकेको, राज्यले घोषणा गरेका प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिका संयोजक डा. लोचन कार्कीले जनताको स्वास्थ्य तथा जीवनसँग सरोकार राख्ने कुराहरु उठाउँदा पनि बेवास्ता गरिएको बताए । विश्वभर कोभिड–१९ को नयाँनयाँ रुप देखिदै गएको अवस्थामा पनि सरकारले स्वास्थ्यकर्मीको सुरक्षामा कुनै चासो नदेअखाएको डा. लोचनले बताए ।

स्वास्थ्यकर्मीहरुले आईसियु, भेन्टीलेटर लगायतका उपकरणहरुको संख्या बढाउनुपर्ने, ट्रेसिङ, परिक्षण, आइसोलेसन, उपचारको दायरा बढाउनुपर्ने, स्वास्थ्यकर्मीलाई उपलब्ध गराईने भनिएको जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, सञ्चार तथा यातायात खर्च सहज तरीकाले उपलब्ध गराउनुपर्ने माग राखेका छन् । यसैगरी, निश्चित मापदण्डका आधारमा स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाइन, आइशोलेसन तथा बिदाको व्यवस्थापन हुनुपर्ने, संक्रमित स्वास्थ्यकर्मीहरुका लागि छुट्टै डेडिकेटेड अस्पताल हुनुपर्ने लगायतका माग राखेका छन् ।

आफुहरुको माग सम्बोधन नभए संघर्षका कडा कार्यक्रम ल्याउने संघर्ष समितिका संयोजक डा. कार्कीले बताए ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ४ : १५ बजे

व्यावसायिक वातावरण बनाएर अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउन वरिष्ठ उपाध्यक्ष ढकाल आग्रह

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले

मनाङ मर्स्याङ्दीले चुम्यो २२ औं तिलोत्तमा गोल्डकपको उपाधी

तिलोत्तमा । २२ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी

पाल्पाको तिनाउ गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाले शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

माओवादी पदाधिकारी बैठकको निष्कर्ष- सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने

कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको