१२ श्रावण २०८१, शनिबार | July 27, 2024

‘डी जुरे’ खतिवडा राजीनामा दिँदै; तर ‘डी फ्याक्टो’ खतिवडा पुनः प्रवेश गर्दैछन् सिंहदरबार



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज शुक्रबार साँझसम्म आफ्नो पदबाट राजीनामा दिँदैछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री खतिवडाले आफुले राजीनामा दिने घोषणा गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिहीबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने रिक्त पदमा वामदेव गौतमलाई ल्याउने जानकारी गराएपछि अर्थमन्त्री खतिवडा स्वतः पदमुक्त हुँदैथिए भोलि भदौ २० गतेदेखि । त्यसअघि नै उनले राजीनामा दिने तयारी गरेका हुन् ।

नेकपाले गत फागुनमा राष्ट्रिय सभामा वामदेव गौतमलाई लैजाने निर्णय गरेको थियो । वावजुद नेकपा सचिवालयका बहुमत सदस्यहरु गौतमको साथमा भएपछि प्रधानमन्त्री ओलीले अनिच्छाका बाबजुद त्यस निर्णयलाई स्वीकार गरेका थिए ।

तर बैठक सकिए लगत्तै अर्थमन्त्री खतिवडालाई नै निरन्तरता दिने पक्षमा आफु रहेको बताएका थिए । पार्टीभित्र ठूलै विवाद उत्पन्न भएपछि राष्ट्रपतिबाट मनोनित हुने एक पद आजसम्म रिक्त रहेको थियो ।

त्यसलगत्तै ओलीले अर्थमन्त्रीलाई राजीनामा गर्न लगाए । र, पुनः सोही मन्त्रालयमा नियुक्ति मात्र गरेनन्, रिक्त बनेको संचार मन्त्रालयको जिम्मा समेत दिए ।

डा. खतिवडा प्रधानमन्त्री ओलीका सबैभन्दा विश्वासपात्र मन्त्री हुन् । धेरैले खतिवडाको आलोचना गर्छन् । तर आर्थिक मामिलामा आफ्नो पार्टीभित्र खतिवडा जत्तिको ओजन भएको अर्को व्यक्ति नभएको ओलीको बुझाई छ ।

सार्वजनिक खपतका लागि गरिने काममा खतिवडा सधैंभर आलोचित रहे, तर वैदेशिक सम्बन्धको पाटोमा भने खतिवडाले धेरै नै मेहनत गरेको बुझाई प्रधानमन्त्री ओलीको छ । त्यसैकारण ओलीले यसपटक पनि खतिवडालाई नै निरन्तरता दिन चाहेका थिए ।

तर पार्टीभित्रको समीकरण फेरबदल भएपछि अन्य शिर्ष नेताहरुसँगको सम्झौतामा ओलीले खतिवडालाई अर्थमन्त्रालयबाट विदाई गर्ने योजना बनाएका हुन । अन्यथा, उनले दुई महिना अघि नै खतिवडाको सिफारिस राष्ट्रपति समक्ष पुर्याइएका थिए ।

अप्ठेरो अवस्थामा पनि सरकारमा बसेर काम गरेको भन्दै शुक्रबारको मन्त्रिपरिष्द बैठकमै प्रधानमन्त्री ओलीले अर्थमन्त्री खतिवडालाई धन्यवाद दिएका छन् ।

खतिवडा आफ्नो लागि मन्त्रिपरिषद्को अन्तिम बैठकमा उपस्थित भए । आजसम्मका ‘डी जुरे’ अर्थमन्त्री खतिवडा अब शनिबारदेखि निवर्तमान अर्थमन्त्री बन्दैछन् ।

तर, खतिवडा सिंहदरबारमा रहेको अर्थमन्त्रालयबाट बर्हिगमित भएपनि वास्तवमै उनी सिंहदरबारबाट बाहिरिने छैनन् । ‘डी जुरे’ अर्थमन्त्री खतिवडा ‘डी फ्याक्टो’ अर्थमन्त्री बनेर पुनः नयाँ रुपमा सिंहदबारमा प्रवेश गर्नेछन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार खतिवडालाई प्रधानमन्त्री ओलीले आफैसँग राख्नेछन्, आर्थिक सल्लाहकार बनाएर । अहिलेकै मन्त्रीस्तरीय हैसियत प्राप्त गर्नेछन् खतिवडाले । अर्थमन्त्रालयको जिम्मा प्रधानमन्त्री आफैले राख्ने योजना बनाएका छन् ।

खतिवडाकै सल्लाहमा अर्थमन्त्रालय चल्नेछ । प्रधानमन्त्रीका आर्थिक नीतिगत योजनाहरु संचालन हुनेछन् ।

त्यसो त, प्रधानमन्त्री ओलीले अहिले मन्त्रिपरिषद् सदस्यहरुको फेरबदल नगर्ने योजना समेत बनाएका छन् । बाहिर बजारमा आएजस्तो आजै भोलि मन्त्रीहरु फेरिने छैनन् ।

अझ, अर्थमन्त्रीमा वामदेव गौतमले त स्थान पाउने सम्भावनै छैन । किनकी, वामदेवले जति इच्छा व्यक्त गरेपनि सरकारमा सहभागी नगराउने योजना बनाएका छन् प्रधानमन्त्री ओलीले । उनले यो कुरा गौतमलाई समेत जानकारी दिइसकेका छन् ।

अर्थमन्त्रीमा अर्को कोही व्यक्ति आएपनि प्रधानमन्त्रीको निर्देशन हावी हुनेछ । प्रधानमन्त्रीको निर्देशनमा डा. खतिवडाको सुझावले काम गर्नेछ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ३ : ५२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान