२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीद्धारा क्लबका सदस्यहरुको कोरोना बीमा



भैरहवा । लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले क्लबका सदस्यहरुको कोरोना बीमा गराएको छ । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड संग बीमालेख सम्झौता गरी क्लबमा आबद्ध सदस्यहरुको बीमालेख जारी गराइएको क्लबका अध्यक्ष शिवनाथ गुप्ताले बताए ।

५४ जना सदस्य भएको उक्त क्लबमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९)को संक्रमण समुदायस्तरमा फैलिरहेकोले यसलाई ध्यानमा राख्दै आगामी दिनमा आइपर्ने समस्याबाट केही भए पनि राहत होस् भन्ने उद्देश्यका साथ एक लाखको कोरोना बीमा गराइएको क्लबका सचिव भिम बहादुर थापाले बताए ।

बिहीबार कोरोना बीमालेख यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखा प्रबन्धक गिरिजा प्रसाद चौधरीले क्लबका अध्यक्ष शिवनाथ गुप्तालाई हस्तान्तरण गरेका छन् ।

बीमा गरेको कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) रिपोर्ट पोजेटिभ देखिएको अवस्थामा एक लाख रुपैयाँ दावी भुक्तानी हुने यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले जनाएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ८ : ३५ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने