२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीद्धारा क्लबका सदस्यहरुको कोरोना बीमा



भैरहवा । लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले क्लबका सदस्यहरुको कोरोना बीमा गराएको छ । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड संग बीमालेख सम्झौता गरी क्लबमा आबद्ध सदस्यहरुको बीमालेख जारी गराइएको क्लबका अध्यक्ष शिवनाथ गुप्ताले बताए ।

५४ जना सदस्य भएको उक्त क्लबमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९)को संक्रमण समुदायस्तरमा फैलिरहेकोले यसलाई ध्यानमा राख्दै आगामी दिनमा आइपर्ने समस्याबाट केही भए पनि राहत होस् भन्ने उद्देश्यका साथ एक लाखको कोरोना बीमा गराइएको क्लबका सचिव भिम बहादुर थापाले बताए ।

बिहीबार कोरोना बीमालेख यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखा प्रबन्धक गिरिजा प्रसाद चौधरीले क्लबका अध्यक्ष शिवनाथ गुप्तालाई हस्तान्तरण गरेका छन् ।

बीमा गरेको कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) रिपोर्ट पोजेटिभ देखिएको अवस्थामा एक लाख रुपैयाँ दावी भुक्तानी हुने यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले जनाएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ८ : ३५ बजे

जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छु : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा