२७ भदौ २०८३, शनिबार | September 12, 2026

लायन्स बुटवल सनराईजको अध्यक्षमा पाण्डे, लायन्स क्लवबाट खबरकुरा सम्बाददाता स्वस्तिक श्रेष्ठ सम्मानित



बुटवल । लायन्स क्लब अफ बुटवल सनराइजको पद हस्तान्तरण सम्पन्न भएको छ । सोमबार एक समारोहका बिच वर्ष २०२१/२०२२ का नवनिर्वाचित अध्यक्ष शंकर पाण्डेलाई वर्ष २०२०/२०२१ का अध्यक्ष समुन्द्र श्रेष्ठले पद हस्तान्तरण गरेका छन ।
कार्यक्रममा डिष्ट्रिक ३२५ बि २ का सेकेण्ड भ्वाईस गभर्नर नवराज न्यौपानेले उद्घाटन गर्दै क्लबहरु आर्थिक रुपमा बलियो हुदा रचनात्मक काम गर्न सहज हुने बताए । दुरदर्शिता र पारदर्शिता हुन सकेमात्र संस्थाको निरन्तरता पाउन सक्ने भएकाले पनि यसलाई निरन्तरता दिन सुझाव दिए ।

कार्यक्रममा वर्ष २०२०/२०२१ का अध्यक्ष समुन्द्र श्रेष्ठले आफ्नो कार्यकालमा धेरै कार्यक्रमहरु गर्ने योजना बनाएको भएपनि कोभिड १९ संक्रमण र निषेधाज्ञाका कारण पुरा गर्न असमर्थ भएको भन्दै दुखेसो गरे ।

नवनिर्वाचित वर्ष २०२१/२०२२ का अध्यक्ष शंकर पाण्डेले आफ्नो कार्यकालमा लायन्स ईन्टरनेश्नललाइ पछ्याउदै नमुना गतिविधिलाई समावेश गरेर अघि बढाउने बताए । मानवमात्र नभई पर्यावरण जगाउन ईको सिस्टमका लागि समेत आईकोनिक युथ फर एनिमलका फाउण्डर राजन गौडेलको संस्थासंग सहकार्य गर्ने बताए ।

कार्यक्रममा डिष्ट्रिक चिफ कोअर्डिनेटर अर्जुनमान सैजु, सुनिता बजिमय, जोन चेयरप्रसन राजु पौडेल, विनित भट्टराई, सीता भट्टराई, क्लबका सचिव अमर पन्तले अन्य क्लबहरुसंग समन्वय गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा क्लबको वर्षभरि विभिन्न कार्यक्रमको संयोजक भुमिका निर्वाह गरि सहयोग पुर्याएका पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनोबाट सम्मान गरिएको थियो ।

पत्रकार श्रेष्ठ र पौडेललाई सम्मान
यस क्षेत्रमा स्थापनाको पहिलो वर्षमा नै धेरै नमुना काम गरेको लायन्स क्लब अफ बुटवल सनराईजले संचार क्षेत्रमा क्रियाशिल रहेर योगदान दिएका दुई जना पत्रकारहरुलाई नगदसहित सम्मान गरेको छ । डिष्ट्रिक ३२५ बि २ का सेकेण्ड भ्वाईस गभर्नर नवराज न्यौपाने, क्लबका अध्यक्ष समुन्द्र श्रेष्ठले सामाजिक क्षेत्रमा कलम चलाएर योगदान पुर्याएको भन्दै कान्तिपुर टिभि तथा खबरकुराका विशेष सम्वाददाता स्वस्तिक श्रेष्ठ र राज्य टिभिका सम्बाददाता माधव पौडेललाई सम्मानपत्र, दोसल्ला र नगदबाट पुरस्कार गरिएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : १० बजे

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

धनगढी । छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा