१६ बैशाख २०८१, आइतबार | April 28, 2024

सविन भट्टराई ‘लियो जिल्ला परिषद ३२५-जे’ को अध्यक्षमा निर्वाचित



काठमाडौं । लियो सविन भट्टराईलाई ‘लियो जिल्ला परिषद् ३३५ जे’को अध्यक्षमा निर्वाचित भएका छन् ।

पोखरा सभागृहमा शनिबार  सम्पन्न लियो जिल्ला परिषद ३२५ जे नेपालको दोश्रो जिल्ला अधिवेशनले भट्टराईलाई अध्यक्षमा निर्वाचित गरेको हो ।  परिषद बैठक तथा अधिवेशनले लायन वर्ष २०२४/२५ को लागि जिल्ला अध्यक्षमा लियो क्लब अफ काठमाडौं उपकारका पूर्वअध्यक्ष भट्टराई र उपाध्यक्षमा लियो क्लब अफ गोरखाका पूर्व अध्यक्ष लियो बालकृष्ण परियारलाई निर्वाचित गरेको जिल्ला प्रवक्ता लियो सुदिपराज फुयालले जानकारी दिए ।

३२ विभिन्न क्लबबाट उपस्थित १५० भन्दा धेरै लियो सहभागिको बीचमा भएको अधिवेशनले आगामी वर्षको नेतृत्व सफलताका साथ छान्न सफल भएको जिल्ला प्रवक्ता फुयालले बताए ।

निर्वाचित अध्यक्ष, उपाध्यक्षका साथै जिल्ला सचिवमा लियो क्लब अफ काठमाडौं मिलनका निवर्तमान अध्यक्ष लियो आशिष थापा र जिल्ला कोषाध्यक्षमा लियो क्लब अफ चौतारी पोखराका निवर्तमान अध्यक्ष लियो लिला बल्लभ अर्याल मनोनित भएका छन् । यस्तै, अन्य विभिन्न पदाधिकारी पनि मनोनित भएको र बाँकी रहेका अन्य पदाधिकारीहरु आगामी लायन वर्षको सुरुवात अगावै मनोनयन गरिसकिने समेत प्रवक्ता फुयालले जानकारी गराए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १२ : ०६ बजे

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना