१६ बैशाख २०८१, आइतबार | April 28, 2024

पाकिस्तानको पञ्जाबमा वर्षाका कारण घरहरू भत्किँदा १० को मृत्यु



एजेन्सी । पाकिस्तानको पूर्वी पंञ्जाब प्रान्तको चकवाल जिल्लामा शुक्रवार घर भत्किँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ ।

उक्त क्षेत्रका उद्धारकर्मीहरूले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार एउटा घरको छत खसी अर्को घरमाथि पर्दा चार जनाको मृत्यु भएको र अन्य थुप्रै घाइते भएका छन् ।

घटनापछि उद्धार टोलीहरू घटनास्थलमा पुगी मृतक तथा घाइतेहरू भग्नावशेषबाट निकालिएको छ । घाइते सबैलाई उपचारका लागि अस्पतालमा पठाइएको छ ।

दुबै घरहरू भर्खरको भारी वर्षाबाट प्रभावित भएका थिए र जीर्ण अवस्थामा रहेको उद्धारकर्मीहरूले बताएका छन् ।

अर्को एक घटनामा चकवालमा यस्तै घटनामा तीन महिला र एक बालकसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बुधवारको शुरुमा पाकिस्तान मौसम विभागले बिहीबार र शुक्रवार पञ्जाब, उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्त र उत्तरी गिलगित–बाल्टिस्तान ९जीबी० क्षेत्रमा केही बढी वर्षा हुने पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ८ : ५१ बजे

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा