१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

शुक्रबार ६०१ नेपाली फर्किए स्वदेश



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी शुक्रबार ७ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ६ सय १ यात्रु नेपाल आएका छन् ।

हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १ सय ५६ र दोहाबाट १ सय ४५ यात्रु काठमाडौं ल्याएको छ । यस्तै कोरियन एयरले सिओलबाट १९८ यात्रु ल्याएको छ । नेपालबाट फर्किदा ४ यात्रु लगेको छ ।

फलाई दुबईले दुबईबाट १५२ यात्रु काठमाडौं ल्याएको छ । शुक्रबार नेपाल एयरलाइन्सले हङकङबाट ४ हजार ८ सय ८७ किलो कार्गो नेपाल ल्याएको छ ।

कतार एयरवेजले १० हजार १३५ किलो कार्गो र २ शव नेपाल ल्याएको छ । शनिबार विभिन्न एयरलाइन्सका ७ अन्तर्राष्ट्रिय उडान हुने छन् ।

आन्तरिकतर्फ शुक्रबार ७ उडान भएका छन् । कैलाश हेलीले बुटवल र मुस्ताङ आर्मीको हेलीले बागलुङ, सीता एयरको सिमिकोट, बुद्ध एयरको लोकल र मनाङ एयरको हेलीले खोटाङ र लुक्ला उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ६ : ४९ बजे

निर्वाचनका दिन पर्यटक वाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा

बुटवल सुख्खानगरबाट लाखौंको अबैध मदिरा प्रहरी नियन्त्रणमा

बुटवल । बिलबिजक बिना बुटवलको सुख्खानगरको एक गोदाममा अनलोड गर्न

एक लाख छयासी हजार अस्थायी मतदाता कायम

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो

नेपालगन्ज । बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको

गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गोरखा । मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा