२० भदौ २०८३, शनिबार | September 5, 2026

कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिका बन्द



काठमाडौं । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अरु कर्मचारीलाई सङ्क्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिए ।

कार्यालय बन्द रहेपनि कोरोना नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कामहरु निरन्तर रुपमा सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले बताए ।

टोखामा शुक्रबारसम्म २५७ कोरोना सङ्क्रमित देखिएका छन् । जसमध्ये ९४ जना डिस्चार्ज र १६० जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये १०९ जना होम आइसोलेसन र ४८ जना विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए ।

नगरपालिकाले कोरोना सङ्क्रमणको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्यकेन्द्रलाई आइसोलेसन सेन्टर स्थापना गरेको छ ।

अहिले २० बेड क्षमता रहेको आइसोलेसन सेन्टर स्थापना गरेपनि आगामी दिनमा उक्त आइसोलेसन सेन्टरको क्षमता वृद्धि गरेर सय बेड पु¥याउने नगरपालिकाले जनाएको छ ।

होम आइसोलेसनमा बसेर कोरोना उपचार गराईरहेका विरामीलाई दैनिक ३५० भत्तासमेत प्रदान गरिएको छ ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  १० : ५४ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी