२९ भदौ २०८३, सोमबार | September 14, 2026

कोरोना नियन्त्रण र उपचारमा टोखा नगरपालिकाको चार करोड खर्च



काठमाडौं । टोखा नगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि चार करोड ७५ हजार ७७३ खर्च गरेको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि उक्त रकम खर्च गरेको हो ।

नगरपालिकाका आर्थिक प्रशासन शाखाप्रमुख ज्ञानबहादुर अधिकारीले सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि गरेको बन्दाबन्दीदेखि हालसम्म कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि उक्त रकम खर्च गरेको जानकारी दिए ।

टोखाले विपन्न परिवारको राहतका लागि एक करोड ४१ लाख ११ हजार ३६५, जनप्रतिनिधि र कर्मचारीको कोभिड बीमाका लागि दुई लाख ३५ हजार ६६०, कन्ट्याक ट्रेसिङका लागि ३५ हजार, स्वयम्सेवक, खाना तथा खाजा र अनुगमका लागि रु १७ लाख ९८ हजार ३७०, होम आइसोलेसन पोषण भत्ताका लागि २६ लाख ४० हजार ३०० खर्च गरेको छ ।

यस्तै, प्राविधिक÷सुरक्षाकर्मी सरसफाइ पारिश्रमिक पाँच लाख ४३ हजार ५०२, सूचना सन्देश प्रसारणका लागि रु चार लाख २९ हजार ७८६, आइसोलेसन सामग्रीका लागि २६ लाख ८४ हजार ७१८, आइसोलेसन वार्डमा श्यैया खर्च नौ लाख ६६ हजार ८०५, आइसोलेसन÷क्वारेन्टिनमा खाना तथा खाजाका लागि रु १३ लाख ७८ हजार ३८२, जोखिम प्रोत्साहन भत्ताका लागि रु एक करोड ८० हजार ९७९ खर्च भएको छ ।

यसैगरी, ह्यान्ड वास स्टेशन निर्माणका लागि सात लाख ३२ हजार ३२१, माक्स, क्लोरिन, स्यानिटाइजर, पिपिई, थर्मल गन खरीदका लागि रु ३५ लाख ८१ हजार ८८६, सर्जिकल सामान खरिदका लागि चार लाख ९९ हजार ९६८, चीन सरकारबाट प्राप्त सामानको भन्सार खर्चका लागि २० लाख ६ हजार ७३१ र पिसिआर ल्याब शुल्कका लागि एक लाख ५० हजार खर्च भएको आर्थिक शाखाप्रमुख अधिकारीले बताए ।

कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि टोखा नगरपालिकासँग पाँच करोड ८२ लाख ६ हजार ३५८ रकम रहेको छ । जसमध्ये नगरपालिकाको कोषमा दुई करोड ५० लाख, वाग्मती प्रदेश सरकारबाट प्राप्त १२ लाख, टोखाका शिक्षक कर्मचारीबाट सहयोग नौ लाख ३१ हजार ८९५, टोखाका सहकारी संस्थाबाट सहयोग रु एक लाख ६६ हजार २११ रहेको छ ।

यसैगरी, स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट तीन करोड २४ लाख, विभिन्न सङ्घसंस्थाबाट सहयोग दुई लाख ३० हजार, आधारभूत परीक्षा सञ्चालनको भत्ता र पारिश्रमिक अन्य कोषबाट हस्तान्तरण गरेको रु तीन लाख ८७ हजार रहेको नगरपालिकाले जनाएको छ ।

टोखा नगरपालिकामा हाल ४१९ सक्रिय सङ्क्रमित रहेका छन् भने दुई हजारभन्दा बढी सङ्क्रमित निको भएर घर फर्किसकेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए । टोखाले हालसम्म ६ हजार ५५ जनाको पिसिआर परीक्षण गरिसकेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ४ : ०९ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ