२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

युवा समूहद्वारा अनाथलाई खाना



तिलोत्तमा । नेपाल अविनाश अनाथ आश्रम तिलोत्तमा–१५ कोटिहवामा आश्रित बालबालिकाहरुलाई यहाँको एक युवा समूहले खानाको व्यवस्था गर्नुका साथै खाद्यान्न हस्तान्तरण गरेको छ ।

रुपन्देही युवा समूह तिलोत्तमा नगर समितिले कोभिड–१९ ले पारेको असरका कारण अनाथ आश्रममा आश्रित बालबालिका पनि प्रभावित भएको ठहर गर्दै शनिबार आश्रममै पुगेर बालबालिकालाई खाना खुवाउने व्यवस्था मिलाएको हो ।

त्यस अवसरमा विभिन्न खाद्यान्न पनि युवा समूहले सहयोगस्वरुप उपलव्ध गराएको समूहका नगर उपाध्यक्ष सुशान्त बस्यालले बताए । आश्रममा रहेका १८ जना बालबालिकाहरुका लागि समूहले खाद्यान्न सहयोग गरेको हो ।

त्यस अवसरमा बोल्दै समूहका संस्थापक आनन्द गुप्ताले मानवीय र सामाजिक काममा सधै लागिरहन युवाहरुलाई आग्रह गरे । उनले यस्ता अनाथ आश्रमहरु देशभरि थुप्रै रहेको भन्दै राज्यले गर्नुपर्ने सहयोग युवाहरुले गरेकोमा धन्यवाद दिए । उनले देशभरि धेरै आश्रम चलाउनु भन्दा अनाथ बालबालिकाहरुलाई एउटै ठूलो भवनमा सुरक्षितसाथ राख्ने गरी सरकारले व्यवस्था मिलाउनुपर्ने माग समेत गरे ।

कार्यक्रममा नेकपा तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईले युवाहरुले गरेको कार्य अनुकरणीय रहेको भन्दै सामाजिक काममा लाग्दा सबैको साथ र सहयोग रहने बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामनाथ पाण्डेले जुनसुकै समूहले गर्ने रचनात्मक काम र आश्रमको विकासका लागि पनि सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।

आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले आश्रममा आश्रित बालबालिकाको अवस्था र भौतिक पूर्वाधारको बारेमा जानकारी गराएका थिए ।
त्यस अवसरमा नेपाल तरुण दल तिलोत्तमा नगर कमिटी अध्यक्ष खेम क्षेत्री, समूहका जिल्ला उपाध्यक्ष विशाल गुप्ता, महासचिव कृष्णप्रसाद खरेललगायतले मानवीय सेवाभाव नै सबैभन्दा ठूलो कुरा रहेको भन्दै यसतर्फ निरन्तर लाग्नुपर्ने बताए ।

कार्यक्रम सुनिल (सायद) पाठक र विधान बस्नेतको संयोजकत्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ८ : ४८ बजे

सरकारले अब कालो चश्मा हटाउनुपर्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको

कर्णाली डेभलपमेन्ट बैंक डुबाउने प्रमुख कार्यकारी अधिकृत शाह सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता