२१ चैत्र २०८२, शनिबार | April 4, 2026

आर्थिक समृद्धिको आधार हरेक गाँउपालिकामा औद्योगिक ग्राम



काठमाडौं । स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारण गर्न सरकारले गाउँ तहसम्म उद्योग विस्तार गर्ने नीति लिएको छ ।

औद्योगिक नीति, २०६७ अनुसार लक्ष्य सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रभावकारी, समन्वयात्मक र सामञ्जस्यपूर्ण सहकार्यमा दिगो एवं बृहत् आधारसहितको औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पु-याई गरिबी न्यूनीकरणमा सघाउ पु(याउने दीर्घकालीन लक्ष्य हासिल गर्न औद्योगिक ग्रामको अवधारणा कार्यान्वयनको चरणमा छ ।

विद्यमान औद्योगिक नीतिभन्दा पछि बनेको नेपालको संविधानले समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य निर्धारण गरेअनुसार पनि हरेक गाउँगाउँमा औद्योगिक गतिविधि पनि आवश्यक पर्ने हुँदा सङ्घ सरकारले औद्योगिक ग्राम स्थापनाका लागि स्थानीय तहका सरकारलाई सहयोग गर्दै आएको छ ।

४५ वटा प्रक्रियामा

त्यसअनुरूप उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत आर्थिक वर्ष २०७६र७७ मा ४५ वटा स्थानीय तहलाई सहयोग उपलब्ध गराएर औद्योगिक ग्राम स्थापनाको काम भइरहेको छ । अनुदान स्वीकृत भएकामा प्रदेश १ र २ मा चार(चार, बागमती प्रदेशमा छ, गण्डकी प्रदेशमा १५, प्रदेश ५ मा नौ, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा पाँचवटा स्थानीय तह छन् ।

थप स्थानीय तहमा औद्योगिक ग्राम विस्तारका क्रममा चालू आव २०७७र७८ मा थप १३० वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापनामा सहयोग गर्न स्थानीय तहहरूबाट प्रस्ताव आह्वान गरेको छ ।

मन्त्रालयले गत वर्षदेखि एउटा स्थानीय तहमा एक औद्योगिक ग्रामको पूर्वाधार निर्माणका लागि ९२ लाख रुपियाँ प्रदान गर्दै आएको छ । ४५ मध्ये ४३ स्थानीय तहले एउटा औद्योगिक ग्रामका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ९२ लाख रुपियाँ सहयोग लिएका छन् । गत वर्ष मन्त्रालयले ३९ करोड ५६ लाख रुपियाँ वितरण गरेको थियो । त्यस्तै प्रदेश सरकारहरूले पनि विभिन्न स्तरमा आर्थिक सहयोग गर्दै आएका छन् तर पाएको सहयोगले काम नहुने रोग यस क्षेत्रमा पनि देखिएको छ ।

हालसम्म औद्योगिक क्षेत्रको जग नै नबसेको कर्णाली प्रदेशमा प्रदान गरिएको सहयोग रकम कामै नभएर फिर्ता गएको छ । अन्य प्रदेशका स्थानीय तहहरूमा विस्तृत परियोजना प्रतिवेदन निर्माण र भौतिक निर्माणको काम भइरहेको पाइएको छ ।

औद्योगिक ग्राममा स्थापना हुनसक्ने उद्योगहरू

– स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थ, अप्रशोधित कच्चा पदार्थ वा खेर गएको वस्तु प्रयोग गरी वा प्रशोधन गर्ने उत्पादनमूलक उद्योग

– कृषि तथा वन पैदावरमा आधारित उद्योग, डेरी, मह प्रशोधन, चिया, कफी प्रशोधन, फलफूल प्रशोधन, जडीबुटी प्रशोधन काठ तथा बेतबाँसजन्य फर्निचर उद्योग

– प्राकृतिक रेसा उत्पादन वा प्राकृतिक रेसामा आधारित उद्योग

– स्थानीय स्तरको मागमा आधारित साना तथा घरेलु उद्योग

– खानी तथा खनिजमा आधारित धातु वा खनिज प्रशोधन गर्ने उद्योग

– सौर्य ऊर्जा, नवीकरणीय ऊर्जा उत्पादन गर्न मेसिन उपकरण निर्माणसँग सम्बन्धित, बायोग्यास प्लान्टजस्ता ऊर्जामूलक उद्योग

– छापाखाना, यान्त्रिक कार्यशाला, पानी प्रशोधन, प्राविधिक प्रशिक्षण, सीप विकास, सफ्टवेयर विकासजस्ता सेवामूलक उद्योग र

– प्रतिस्पर्धात्मक क्षमताका र अन्य स्थानीय तहले उपयुक्त ठानेका अन्य उद्योग ।

औद्योगिक ग्राम स्थापनाका लागि मापदण्ड

जग्गा छनोटका लागि

हिमाली, दुर्गम पहाडी क्षेत्रमा ३० रोपनी
पहाडी क्षेत्रमा ४० रोपनी
तराई क्षेत्रमा सात बिघा हुनुपर्ने

मानव बस्तीदेखिको दूरी

– घना मानव बस्तीदेखि न्यूनतम एक किलोमिटर

– औद्योगिक ग्रामको २०० मिटरको परिधिभित्र मानव बस्ती विकास हुन नहुने

– अन्तर्राष्ट्रिय सीमादेखि न्यूनतम दुई किलोमिटर हुनुपर्ने तर सीमा क्षेत्र नजिक मात्र जग्गा उपलब्ध हुने भएमा पाँच सय मिटर

– विशेष वस्तु उत्पादनसम्बन्धी औद्योगिक ग्रामको जग्गाको मापदण्ड र क्षेत्रफल स्थानीय तह आफैँले निर्धारण गर्नसक्ने ।

– निजी क्षेत्रका लगानीकर्ता आफैँले जग्गाको व्यवस्था गरी औद्योगिक ग्रामको स्थापना विकास सञ्चालन तथा व्यवस्थापन स्थानीय तहसँग समन्वय गरी आफैं गर्नसक्ने । गोरखापत्रबाट

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ८ : ५० बजे

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौं । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेकोमा अष्ट्रेलियाले

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र