२९ भदौ २०८३, सोमबार | September 14, 2026

भारतमा दिनप्रतिदिन बढ्दै कोरोनाभाइरस, एकै दिनमा ९० हजार भन्दा बढी सङ्क्रमित



नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकै दिनमा झण्डै ९० हजार भन्दा बढी सङ्क्रमित भएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या प्रतिदिन वृद्धि हुँदै गइरहेको छ ।

योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४१ लाखभन्दा बढी पुगेको देखिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको सङ्ख्या अहिलेसम्म ७० लाख ६२६ पुगेको छ ।

कुल मृतकमध्ये एक हजार ६५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि मन्त्रालयले आइतबार जनाएको छ ।

भारतमा कोरोनाका कारण अहिलेसम्म ४१ लाख १३ हजार ८१२ जना सङ्क्रमित भएका छन् । ती मध्ये ३१ लाख ८० हजार ८६६ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।अधिकारीहरूका अनुसार आठ लाख ६२ हजार ३२० जना अझै पनि सङ्क्रमित अवस्था मै रहेका छन् ।

भारतमा अहिलेसम्म चार करोड ८८ लाख मानिसको कोरोना परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  २ : १४ बजे

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको

बझाङमा च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का

महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७