१८ आश्विन २०८३, आइतबार | October 4, 2026

एक जिल्लामा बत्ती गए तीन जिल्ला अन्धकार



दैलेख । कर्णाली प्रदेशका तीन जिल्लामा ३३ वर्ष पुरानो विद्युत् संरचनाका कारण नागरिक सँधै समस्यामा पर्ने गरेका छन् ।

विद्युत् अनियमित हुँदा प्रदेशको राजधानी सुर्खेत, दैलेख र जाजरकोटमा एउटै फिडर प्रयोग गरिएको छ । कुनै एक स्थानमा बत्ती गएपछि सबै स्थान अन्धकार हुनाले उपभोक्ताले वर्षेनी समस्या भोग्नु परेको छ ।

विद्युत् लाइन विस्तार गरिएको कतिपय स्थानमा पुराना र जीर्ण खम्बा भएकाले सामान्य हुरी आउँदा वा रुखका हाँगाले छुँदा पनि विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै सुर्खेत जोडिएको प्रसारण लाइनमा रुखका साना हाँगाबिँगाले खम्बामा बारम्बार क्षति पुग्ने गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख टङ्कराज गिरीले जानकारी दिए ।

मर्मत गर्न पनि निकुञ्जको अनुमति लिनुपर्ने बाध्यताका कारण धेरैजसो मर्मतमा ढिलाइ हुने गरेको गिरीको गुनासो छ । तीन जिल्लाको विद्युत् समस्या समाधानका लागि दैलेखको चुप्रामा १३२ केभिए प्रसारण लाइनको विस्तार गर्ने केन्द्र सरकारको योजना भने शुरु हुन सकेको छैन । जग्गा खोजी गर्ने, लाइन विस्तार गर्नेलगायत कामका लागि गत वर्षदेखि शुरुआत गरिए पनि अहिलेसम्म कुनै काम हुन नसकेको हो ।

सरकारले कोहलपुर–सुर्खेत प्रसारण लाइनको क्षमता विस्तार प्रक्रिया अघि बढाएको सात वर्ष बितेको छ । विसं २०४५ मा विस्तार गरिएको विद्युत्को पुरानो संरचना र क्षमता अहिलेको मागअनुसार पर्याप्त नहुँदा नागरिकले सास्ती झेल्नुपरेको छ । रासस

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ३ : ०३ बजे

चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

मुस्ताङ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय

कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधि समर्थकको र्‍याली खुलामञ्च प्रवेश गर्दै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रतिनिधि

सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

देवदहमा पेस्तोलबाट गोली फायर, बुटवलका युवक घाइते

बुटवल । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली फायर हुँदा बुटवलका एक

रुपन्देहीमा गोली प्रहार गरेर बालिका अपहरणका आरोपी पक्राउ

बुटवल । बालिका अपहरणको आरोप लागेका एक जनालाई प्रहरीले गोली