९ बैशाख २०८३, बुधबार | April 22, 2026

जनस्वास्थ्य विज्ञ भन्छन् : खोप आएपछि मात्र महामारी अन्त्य हुन्छ, तत्काल मापदण्ड पालना गरी निषेधाज्ञा अन्त्य गरौं



काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले खोप नबनेसम्म कोरोना महामारी अन्त्य नहुने कारण त्यसअघि मापदण्ड पालना गरी निषेधाज्ञा अन्त्य गर्न आग्रह गरेका छन् ।

डा. पाण्डेले लकडाउन वा निषेधाज्ञा सरकारले तयारी गर्नको लागि २÷३ हप्ता मात्र लगाउनुपर्ने बिकल्प भन्दै अब यसलाई अन्त्य गर्नुपर्ने बताएका हुन ।
गास, बास र कपासको व्यवस्था हरेक नागरिकलाई गर्नुपर्ने उनले सुझाव दिएका छन् ।

डा. पाण्डेका सुझाव

–लकडाउन वा निषेधाज्ञा सरकारले तयारी गर्नाका लागि २/३ हप्ता मात्र लगाउनुपर्ने विकल्प हो। अब यसलाई अन्त्य गर्नुपर्छ। गाँस, बास र कपासको व्यवस्था हरेक नागरिकलाई गर्नुपर्छ।

–अब जनजीवन सहज बनाऔं। हरेक नागरिक, परिवार, समाज र देश टाट पल्टिने स्थितिमा देखा पर्दै छ। मनोसामाजिक असर देखा परिरहेको छ।

–हामीले कोरोनालाई धेरै हाउगुजी बनाएका छौं। कोरोना संक्रमण सामान्य महामारी हो। यो खोप नआएसम्म रहन सक्छ। तसर्थ यसलाई सरलीकृत बनाऔं। ८५ प्रतिशत संक्रमितलाई आफैं वा साधारण उपचारले निको हुन्छ। १० प्रतिशतलाई लाक्षणिक उपचारले ठीकक हुन्छ। ५ प्रतिशतलाई आईसीयू, अक्सिजन तथा भेन्टिलेटर चाहिन सक्छ। मृत्यु सरदर २र३ प्रतिशत छ। नेपालमा हाल करिब एक प्रतिशत मृत्युदर छ।

–हामी सबैले ठण्डा र आफ्नै दिमागले सोंचौं। अज्ञानको पछि नलागौं। आफू क्लियर नभएका कुरा सेयर गरेर, विदेशी संस्थालाई गाली गरेर वा नभएका विदेशी उदाहरण दिएर लापरबाही नगरौं।

–भाइरस परिवर्तनशील हुन्छ। यसले स्वरूप परिवर्तन गरिरहन्छ। यो कहिले कमजोर हुन्छ, कहिले कडा हुन्छ। नोबेल कोरोना भाइरस नयाँ हो। यसको धेरै अध्ययन हुन बाँकी छ। यसको परिवर्तनशील स्वरूपको कारण डब्लूएचओ, सीडीसी, एफडीए, वैज्ञानिकहरू, विज्ञहरू तथा आम अध्येताको धारणा परिवर्तन हुनु स्वाभाविक हो। भाइरस निकै ट्रिकी हुन्छ। भाइरसको ट्रिकीपनअनुसार कदम चाल्नुपर्ने हुन्छ। तसर्थ पहिले यस्तो भन्थ्यो, अहिले यस्तो भन्यो भन्न भाइरोलोजीमा मिल्दैन। पहिले इटलीमा ९ प्रतिशत मृत्युदर थियो भने अहिले निकै कम छ। एउटा देशको उदाहरण अर्को देशसँग मिल्दैन। तसर्थ यसको व्याख्या आधिकारिक निकाय र विज्ञबाट हुन्छ, त्यसलाई विश्वास गरौं।

–कसको उद्देश्य के हुन्छ, हामीलाई थाहा हुँदैन। नबुझीकन अरूको गोटी नबनौं। यसले हामीलाई फाइदा गर्दैन। विज्ञानको विश्वास गरौं, अज्ञानको होइन।

–सरकारले लकडाउन वा निषेधाज्ञा खुला गरोस्। रोजगारी बढाओस्। उत्पादनमा अनुदान तथा बजारीकरणको ग्यारेन्टी गरोस्। डुबेका साना व्यापारीलाई वैकल्पिक व्यवस्था गरोस्। न्यून आय भएका व्यक्तिलाई मास्क, साबुन, स्यानिटाइजर तथा राहत प्रदान गरोस्।

–हामी आम नागरिकले घरबाहिर जाँदा अनिवार्य रूपमा सही तरिकाले मास्कको प्रयोग गरौं, व्यक्तिगत दूरी कायम गरौं, हात सफा गरौं, भीडभाड नगरौं, यति गर्‍यौं भने यो महामारी नियन्त्रण हुन्छ।

–हामीले कडाइका साथ जनस्वास्थ्यका मापदण्ड अवलम्बन गर्यौं भने जनजीवन अन्य देशमा जस्तै सहज र सरल हुन्छ। हामीले यी उपाय अवलम्बन गरेनौं भने संक्रमण तीव्र गतिमा बढ्छ। हाम्रो जनजीवन अस्तव्यस्त हुन्छ।

–हाम्रो स्वास्थ्य प्रणाली कमजोर छ। तसर्थ एकजना पनि संक्रमित नहुने रणनीति अवलम्बन गरौं।

–विश्वका धनी देशमा भएका क्षति बुझेर हामीले पाठ सिकौं। हामी अरूको तालमा लाग्दा भोलि संक्रमित भयौं भने उनीहरूले साथ दिँदैनन्। हामीलाई चाहिने हाम्रै अस्पताल तथा स्वास्थ्यकर्मी हुन्। उनीहरूलाई प्रोत्साहित गरौं।

–अनावश्यक विषयमा बहस गरेर आफूलाई तनावमा नपारौं। त्यसको कुनै अर्थ छैन। केही सीप सिकौं, उत्पादनमा लागौं।

–विश्वका धेरै देशमा जनजीवन सहज भएको छ। जनता अनुशासित र सरकार इमान्दार भएका चीन, जापान, कोरिया, भियतनाम, ताइवान, भुटानजस्ता देशमा मास्क, भौतिक दूरी र सरसफाइले संक्रमण नियन्त्रण भएको छ।

–महामारी एकैपटक संसारभर फैलिएको नयाँ रोगको प्रकोपलाई भनिन्छ। यसमा मृत्युदर थोरैरधेरै हुनुको अर्थ हुँदैन।

–विकसित देशमा भएका आन्दोलनसँग हाम्रो तुलना नगरौं। त्यहाँ बिरामी भए सरकारले सबै हेर्छ। यहाँ हामीले आफैं हेर्नुपर्छ।

–हामी सबैको सामूहिक प्रयासले जनजीवन सहज र महामारी नियन्त्रण गरौं। खोप आएपछि महामारीको अन्त्य हुनेछ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  १० : ५५ बजे

यस पटकको निर्वाचनप्रति कसैको गुनासो रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन

बुटवल उपमहानगरको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंकको सहकार्य

बुटवल । बुटवल उपमहानगरपालिकाको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंक कम्युनिकेशनले

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।

विद्यार्थी संगठन माथिको प्रतिबन्ध प्रयासविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणाको विरोधमा विभिन्न

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन