१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

‘निषेधाज्ञा तोडिन्छ, व्यवसाय चलाइन्छ’ : नाडा



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गतेदेखि नियमित रुपमा व्यवसाय संचालन गर्न सबै व्यवसायीहरुलाई आग्रह गरेको छ ।

नाडाको सोमबार बसेको पदाधिकारी बैठकले भदौ २५ गतेपछि पनि निषेधाज्ञा लागेमा त्यसलाई उल्लंघन गरेर भएपनि व्यवसाय सुचारु गर्ने निर्णय गरेको छ । स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा भदौ २४ गतेसम्म निषेधाज्ञा लगाएको छ ।

अब सरकारको आदेश पालना गरेर बस्न नसक्ने अवस्था आएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । १ सय १८० दिनसम्म त लकडाउन पालना गरिएकै हो । अब पनि व्यवसाय सञ्चालन नगर्नेहो भने देशकै अर्थतन्त्र धरासायी हुने भन्दै अध्यक्ष दुलालले सबै व्यवसायीलाई पूर्ववत व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् ।

सरकारले आर्थिक अवस्थालाई ख्याल नगरी खाली निषेधाज्ञा र लकडाउन लगाए त्यसको उल्लंघन गर्नुको विकल्प नरहेको उनले जिकिर गरे । उनले भने, ‘सरकारले बुझेर लकडाउनलाई केही न केही सहजिकरण भन्दा पनि पुरै व्यवसाय गर्न पाउने गरी सहजिकरण गरेर अगाडि बढ्न पर्छ। यदि गरेन भनेपनि यो निषेधाज्ञा तोडिन्छ, जनताले विद्रोह गर्छन, व्यवसायीले विद्रोह गर्छन्। यो कसैले पनि मान्ने वाला छैन त्यसकारण कसैले पनि नमान्ने खालको नियम ल्याउनु भनेको यो ठिक हुँदैन सरकारले बुझ्नुपर्छ।’

अध्यक्ष दुलालले नियमित तलब पाक्ने सरकारी कर्मचारीहरुले लकडाउनको पक्षपोषण गरेको भन्दै उद्योगीव्यवसायीहरुले मात्रै लकडाउन खोल्न आग्रह गरेको बताए ।

कोरोना नियन्त्रणका लागि उद्योगधन्दा, व्यापार व्यवसाय बन्द गरेर बस्दा उद्योगीदेखि आम श्रमिक मजदुर समेत भोकै बस्नुपरेको भन्दै नाडाले अब नेपाललाई पुरै खुला गर्नुको विकल्प नभएको निस्कर्ष निकालेको छ ।

कोरोना नियन्त्रणको समाधान लकडाउन नभएको भन्दै नाडाले सुरक्षित रुपमा व्यवसाय संचालन गरेको विश्वका अन्य देशहरुको उदाहरण दिँदै नेपालमा पनि सुचारु गर्नुपर्ने जनाएको हो ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ६ : २३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा