२१ चैत्र २०८२, शनिबार | April 4, 2026

‘निषेधाज्ञा तोडिन्छ, व्यवसाय चलाइन्छ’ : नाडा



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गतेदेखि नियमित रुपमा व्यवसाय संचालन गर्न सबै व्यवसायीहरुलाई आग्रह गरेको छ ।

नाडाको सोमबार बसेको पदाधिकारी बैठकले भदौ २५ गतेपछि पनि निषेधाज्ञा लागेमा त्यसलाई उल्लंघन गरेर भएपनि व्यवसाय सुचारु गर्ने निर्णय गरेको छ । स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा भदौ २४ गतेसम्म निषेधाज्ञा लगाएको छ ।

अब सरकारको आदेश पालना गरेर बस्न नसक्ने अवस्था आएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । १ सय १८० दिनसम्म त लकडाउन पालना गरिएकै हो । अब पनि व्यवसाय सञ्चालन नगर्नेहो भने देशकै अर्थतन्त्र धरासायी हुने भन्दै अध्यक्ष दुलालले सबै व्यवसायीलाई पूर्ववत व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् ।

सरकारले आर्थिक अवस्थालाई ख्याल नगरी खाली निषेधाज्ञा र लकडाउन लगाए त्यसको उल्लंघन गर्नुको विकल्प नरहेको उनले जिकिर गरे । उनले भने, ‘सरकारले बुझेर लकडाउनलाई केही न केही सहजिकरण भन्दा पनि पुरै व्यवसाय गर्न पाउने गरी सहजिकरण गरेर अगाडि बढ्न पर्छ। यदि गरेन भनेपनि यो निषेधाज्ञा तोडिन्छ, जनताले विद्रोह गर्छन, व्यवसायीले विद्रोह गर्छन्। यो कसैले पनि मान्ने वाला छैन त्यसकारण कसैले पनि नमान्ने खालको नियम ल्याउनु भनेको यो ठिक हुँदैन सरकारले बुझ्नुपर्छ।’

अध्यक्ष दुलालले नियमित तलब पाक्ने सरकारी कर्मचारीहरुले लकडाउनको पक्षपोषण गरेको भन्दै उद्योगीव्यवसायीहरुले मात्रै लकडाउन खोल्न आग्रह गरेको बताए ।

कोरोना नियन्त्रणका लागि उद्योगधन्दा, व्यापार व्यवसाय बन्द गरेर बस्दा उद्योगीदेखि आम श्रमिक मजदुर समेत भोकै बस्नुपरेको भन्दै नाडाले अब नेपाललाई पुरै खुला गर्नुको विकल्प नभएको निस्कर्ष निकालेको छ ।

कोरोना नियन्त्रणको समाधान लकडाउन नभएको भन्दै नाडाले सुरक्षित रुपमा व्यवसाय संचालन गरेको विश्वका अन्य देशहरुको उदाहरण दिँदै नेपालमा पनि सुचारु गर्नुपर्ने जनाएको हो ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ६ : २३ बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ