३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

उपत्यकामा निषेधाज्ञा हटे पनि केही प्रतिबन्ध कायमै



काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएदेखि काठमाडौं उपत्यकामा गत १६ वैशाखबाट जारी गरिएको निषेधाज्ञा हटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले विगत चार महिनायता जारी गरिँदै आएको निषेधाज्ञा हटाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा जारी निषेधाज्ञा अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए । ‘प्रोटोकल पालना गरेर दैनिकी अघि बढाउने गरी निषेधाज्ञा हटाइएको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले भने । उनका अनुसार स्थानीय तहहरूले जिल्ला कोभिड संकट व्यवस्थापन समितिको अनुमति लिएर विद्यालयसमेत सञ्चालन गर्न पाउनेछन् ।

यस्तै, सिनेमा हलहरूसमेत स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइनेछ भने मन्दिर तथा धार्मिक क्षेत्रहरूसमेत खुला हुनेछन् । तर, भीडभाडजन्य गतिविधिहरू गर्न भने पाइनेछैन । यस्तै, सभा, जुलुस, जात्रा, महोत्सव, भोज आदि गर्न पाइनेछैन । यसैगरी, चाडपर्वहरू न्यूनतम सहभागितामा भीडभाड नहुनेगरी सांकेतिक रूपमा सञ्चालन गर्न पाइनेछ ।

यस्तै, स्थानीय ढुवानीका लागि भने बिहान ९ बजेदेखि ११ बजे र दिउँसो ४ बजेदेखि ७ बजेसम्म सवारीसाधन सञ्चालन गर्न पाइनेछैन । सार्वजनिक तथा निजी निर्माण कार्यका लागि बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार यो नियम १७ भदौदेखि भदौ मसान्तसम्म लागू हुनेछ । संक्रमण बढेमा भने फेरि निषेधाज्ञा लागू हुन सक्ने बताइएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  ७ : ०० बजे

एमाले केन्द्रीय कार्यालयको सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं। एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ

महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्च कांग्रेसले आफ्नै खर्चमा मर्मत गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको

कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका

मोरङमा गाँजा तस्करी नियन्त्रण गर्न प्रहरीले चलायो गोली, एक घाइते

विराटनगर । मोरङको रतुवामाईमा गाँजा तस्करीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन